मिति : २०८२ वैशाख १०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘देव वाणी’को रिलिज मंसिर ७ लाई निश्चित

फिल्मीखबर, काठमाडौं, 2024/08/15

Dev Bani

 

बाबु साहेब बलामीको निर्देशनमा बनेको फिल्म ‘देव वाणी’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार रोमान्टिक गीतको एक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर ७ गते फिल्म प्रदर्शनमा आउने जानकारी गराइयो । यसअघि ‘अग्निदहन’ र ‘तेल भिसा’ले यो मिति रोजिसकेका छन् । अब मंसिर ७ मा तीन फिल्मबीच भिडन्त हुनेछ । तर, यी तीनै फिल्म फरक-फरक विषयमा बनेका छन् ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी, मौसम पौडेल लगायतको अभिनय रहेको छ । यसमा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद लेखन छ ।

हरिबहादुर घलेको छायांकन रहेको ‘देव वाणी’मा श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व निर्देशन, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, रामजी लामिछाने र तेन्जु योञ्जनको नृत्य निर्देशन तथा बन्दे प्रसादको सम्पादन छ । यो फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता तथा मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ कार्यकारी निर्मातामा छन् । यसलाई नेपाली र हिन्दी भाषामा बनाइएको छ ।