मिति : २०८२ वैशाख २९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बेहुली फ्रम मेघौली’को ‘छड्के सलाम’ गीतमा निश्चल र स्वस्तिमाको छमछमी

फिल्मीखबर, काठमाडौं, 2024/08/16

Swastima Khadka and Nischal Basnet

 

आगामी असोज १७ गते अर्थात् घटस्थापनबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ‘बिहे गर्ने कि नगर्ने ?’ र ‘उडायो मन’ गरी दुई गीत सार्वजनिक भइसकेका छन् । यी दुई गीतले एकखालको चर्चा पाइरहँदा शुक्रबार तेस्रो गीत ‘छड्के सलाम’ सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा बिहे घरको रमाइलोलाई देखाइएको छ ।

जयन जे वाइबाको शब्द रचना तथा संगीत रहेको गीतमा कालीप्रसाद बाँस्कोटा, निश्चल बस्नेत र बबिना किराँतीको पार्श्व गायन छ । प्रदीप लामा र रेविका खत्रीको कोरियोग्राफीमा तयार भएको गीतमा निश्चल र स्वस्तिमासहितका कलाकारहरु नृत्य गर्दै देखिएका छन् । गीत सार्वजनिक कार्यक्रममा फिल्मको कमेडीयुक्त टिजर पनि देखाइएको थियो, जुन युट्युबमा केही दिनमा रिलिज हुनेछ ।

साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिम्रन खड्का, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी लगायतको पनि अभिनय छ । निश्चल र स्वस्तिमा दम्पती आफैं निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।

यो फिल्ममा नरेन्द्र मैनालीको डीओपी, निमेष श्रेष्ठको सम्पादन, प्रदीप लामा, केवीका खत्री र शेखर घर्ती मगरको कोरियोग्राफी एवं जयन जे वाइबा र कुशल पोखरेलको संगीत छ । फिल्मले विवाहको कथा भनेको छ । शुक्रबार देखिएको टिजरमा उमेरले ३० वर्ष लागेपछि विशेषगरी युवतीहरुलाई विवाहका लागि परिवार र समाजबाट आउने दबाबलाई रोचक शैलीमा देखाउन खोजिएको छ ।