मिति : २०८२ वैशाख १०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वर एन्ड वधु’ ट्रेलरमा प्रेम र धोकाको कथा

फिल्मीखबर, काठमाडौं, 2024/08/16

Aanchal Sharma, Bibek Karmacharya

 

आगामी भदौ १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको रोमकोम जनराको फिल्म ‘वर एन्ड वधु’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिन्छ । अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्यबीचको प्रेम र धोकाको कथामा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रष्ट पार्छ । ट्रेलरमा एक्सन पनि छ ।

विदेशमा बस्ने आँचल र विवेकको विवाह गराउन दुवै पक्षको परिवार तयार छ । तर, आँचल र विवेकले एक-अर्कालाई रुचाउँदैनन् । पछि दुवै प्रेममा त पर्छन् तर धोकाधडीको खेल हुन्छ । यसपछि दुवै पक्षको परिवारले ‘को भन्दा को कम’ भन्ने शैलीमा विवाहको तयारी गरेको देखाइएको छ । ट्रेलरमा आँचल बोल्ड अवतारमा देखिएकी छिन् । उनको ‘एटिट्यूड’ र ‘डाइलग डेलिभरी’ राम्रो छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्ममा आँचल र विवेकसँगै विजय लामा, किरण केसी, अंशु महर्जन, गरिमा शर्मा, विजु पार्की, सरिता लामिछाने, सृष्टि खड्का, हिउँवाला गौतम, रविन्द्र खड्का, कुसुम शर्मा, हिमेश पन्त लगायतको पनि अभिनय रहेको छ । विवेकले यही फिल्मबाट डेब्यु गरेका हुन् । फिल्ममा जानुका थापा निर्माता एवं डा. अमित रिजाल कार्यकारी निर्मातामा छन् ।

ट्रेलर रिलिज कार्यक्रममा कलाकार किरण केसीले आफूले काम गरेका फिल्ममध्ये यो एक-दुई नम्बरमा पर्ने दाबी गरे । विवेक भने फिल्मका लागि आफूले एकदमै मिहिनेत गरेकाले दर्शकलाई मनपर्नेमा विश्वस्त देखिए । आँचलले ‘वर एन्ड वधु’ दर्शकहरुका लागि विशेष खुराक हुने बताइन् । सुदिप बरालको डीओपी रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत तथा प्रदीप भारद्वाजको लेखन छ ।