मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘देव वाणी’ गीतमा कुन्दन र अनुजाको प्रेम

फिल्मीखबर, काठमाडौं, 2024/08/18

बाबु बलामीद्वारा निर्देशित फिल्म ‘देव वाणी’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रमका बीच सार्वजनिक ‘तिमीलाई सधैं भरी’ गीतमा प्रताप दास र सुनिता कार्कीको गायन, भोला पौडेलको शब्द, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ । तेन्जु योञ्जनको कोरियोग्राफीमा बनेको गीतमा अभिनेता कुन्दन भारद्वाज र अभिनेत्री अनुजा लेप्चाको प्रेमलाई दर्शाइएको छ ।

 

 Kundan Bhardwaj, Anuja Lepcha (2)


मौसम फिल्मस् प्रोडक्सन हाउस तथा अनुजा इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा कुन्दन र अनुजा लेप्चासहित सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, मौसम पौडेल आदिको अभिनय छ । यसमा निराजन मेहता मन्जिलको पटकथा र संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व छ ।

 

 Kundan Bhardwaj, Anuja Lepcha (2)


तेन्जु योञ्जनसहित रामजी लामिछानेको पनि कोरियोग्राफी रहेको ‘देव वाणी’मा बन्दे प्रसादको सम्पादन छ । फिल्ममा मीना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । यसलाई नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण भएको छ । यो फिल्म आगामी मंसिर ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ ।