मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेता विपिन कार्कीलाई मातृशोक

फिल्मीखबर, काठमाडौं, 2024/08/22

bipin karki

 

अभिनेताद्वय विपिन कार्की र अर्जुन कार्कीलाई मातृशोक परेको छ । विपिनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा बिहीबार बिहान पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । विभिन्न दीर्घरोगबाट पीडित रहेकी उनको ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो । उनको पार्थिव शरिरलाई बिहीबार बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।

विपिनकी आमा मोरङमा बस्दै आएकी थिइन् । विरामी भएपछि उनलाई उपचारका लागि विपिनले फिल्म ‘महाजात्रा’ रिलिजको समयमा काठमाडौं ल्याएका थिए । आमा विरामी भएकै कारण उनले फिल्म ‘ऊनको स्वीटर’को पाँचथरमा छायांकन हुँदा काठमाडौं ओहोर-दोहोर गरिरहनुपरेको थियो । बुधबार विपिनको जन्मदिन परेको थियो ।