मिति : २०८२ वैशाख १०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘आँखा’ टिजरमा सुकुम्बासीको कथा

फिल्मीखबर, काठमाडौं, 2024/08/22

Smita Lamichane, RK Mehta

 

दशैंलाई लक्षित गर्दै आगामी असोज ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आँखा’को टिजर सार्वजनिक गरिएको छ । बिहिबार युट्युबमार्फत् सार्वजनिक डेढ मिनेट लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे जानकारी गराएको छ । काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले उठाएको छ । टिजर मर्मस्पर्शी बनेको छ ।

केही समयअघि काठमाडौंका विभिन्न नदी किनारमा टहरो बनाएर बसोबास गर्दै आएका सुकुम्बासीहरुको संरचनालाई महानगरले बलपूर्वक हटाउन प्रयास गर्दा उत्पन्न झडप र आन्दोलनको स्मरण टिजरले गराउँछ । वर्षौंदेखि सरकारका लागि टाउको दुखाइको विषय बनेको सुकुम्बासी व्यवस्थापनको मुद्दालाई फिल्मले उठाएको छ । टिजरले फिल्मको दृश्यभाषा बलियो रहेको छनक दिन्छ ।

जौन योन्जनको निर्देशनमा बनेको ‘आँखा’मा स्मिता लामिछाने, आरके मेहता, सरोज खनाल, पशुपति राई, राजन खतिवडा, लुनिभा तुलाधर, प्रविण खतिवडा, विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, अभयराज बराल, रविन्द्र झा लगायतको अभिनय रहेको छ । निर्देशक योन्जनकै कथा, पटकथा लेखन रहेको फिल्मको निर्माता उनी स्वयं हुन् । नारायणप्रसाद बराल कार्यकारी निर्माता हुन् ।

लामा सिनेमाज्, ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बनेको फिल्ममा आलोक शुक्लाको छायांकन, दिपक आरजे र जयन जे वाइवाको संगीत, कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन, गंगा थापाको पार्श्व संगीत तथा किशोर आचार्यको ध्वनी मुद्रण छ । रोहित-रत्नको कम्पनी आरआर फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ ।