मिति : २०८१ मंसिर १०, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप र सौगातले सुरु गरे ‘पिताम्बर’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2024/08/27

Pitamber

 

अभिनेताद्वय सौगात मल्ल र प्रदीप खड्काले पहिलो पटक सहकार्य गरेको फिल्म ‘पिताम्बर’को दोस्रो चरणको छायांकन थालिएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गर्दै बालाजुस्थित एनएफडीसी स्टुडियोबाट छायांकन सुरु गरिएको हो । पहिलो चरणको छायांकन भने गत वर्षको फागुनतिर नवलपरासीमा करिब एक साता गरिएको थियो ।

दोस्रो चरणको छायांकनमा पहिलो सिन प्रदीप र सौगातले दिएका थिए । अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्मा भने तत्काल छायांकनमा जोडिएका छैनन् । अनुप अमेरिकामा र आँचल ‘वर एन्ड वधु’को प्रचारमा व्यस्त रहेकाले उनीहरुको सेड्युल केही दिनपछि राखिएको छ । काठमाडौंपछि फिल्मलाई नवलपरासीमा खिचिनेछ । यो फिल्म एक्सन कथावस्तुमा बन्न लागेको हो ।

‘पिताम्बर’लाई कृषा चौलागाइँले निर्देशन गरिरहेकी छन् । यो उनको दोस्रो निर्देशन हो । यसअघि उनले ‘ऐंचो पैंचो’ निर्देशन गरेकी थिइन् । फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो छ । दयाहाङ राई, आर्यन सिग्देल, प्रमोद अग्रहरी, दिव्य देव पन्त, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, बिशाल पहारी लगायतका कलाकारहरु पनि यो फिल्मको महत्त्वपूर्ण भूमिकामा छन् ।

 

Pitamber


केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले छायांकन गरिरहेका छन् । फिल्मको निर्मातामा भने विशाल चौलागाई छन् । प्रदीप भारद्वाजजको लेखन रहेको फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ । यसमा प्रदीप एक्सन भूमिकामा प्रस्तुत हुँदैछ । उनको पात्रको नाम नै पिताम्बर हो । यसको मतलब फिल्मको कथा नै उनीमा केन्द्रित छ ।