मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्ड अध्यक्षका लागि सिफारिसमा समेत परिनन् करिश्मा

फिल्मीखबर, काठमाडौं, 2024/08/29

करिश्मा भन्छिन्, 'अब म बोल्छु'

 

एक महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तालुकवाला निकाय सूचना तथा सञ्चार प्रविधि मन्त्रालय मन्त्रालयले तीनजनाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गरेको छ । मन्त्रालयले दिनेशराज दाहाल (दिनेश डिसी), दीपा पाण्डे बस्नेत र राजेश थापाको नाम सिफारिस गरेको हो । अब यिनै तीनमध्ये एकजनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।

रिक्त बोर्ड अध्यक्ष पदका लागि मन्त्रालयले दरखास्त आह्वान गरेपछि सिफारिसमा गरेका तीनसहित करिश्मा मानन्धर, अर्जुनकुमार डंगोल र प्रकाश भट्टराईले आवेदन दिएका थिए । उनीहरुमध्ये बोर्ड अध्यक्षको सबैभन्दा बलियो दाबेदारमा दिनेश र करिश्मालाई हेरिएको थियो । किनकि, उनीहरुको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सीधा पहुँच छ । दुवै एमाले निकट हुन् ।

तर, बोर्ड अध्यक्षका लागि बलियो दाबेदार मानिएकी करिश्माको नाम मन्त्रालयले सिफारिस गरेको छैन । अध्यक्षको इच्छा देखाउँदै उनले प्रधानमन्त्री ओलीसहित पूर्व राष्ट्रपति तथा पूर्व एमाले नेतृ विद्यादेवी भण्डारीलाई समेत भेट गरेकी थिइन् । सञ्चार मन्त्रालयले उनको नाम बोर्ड अध्यक्षमा सिफारिस नगर्नुले करिश्मालाई अन्य कुनै महत्त्वपूर्ण पद दिन खोजिएको हुनसक्ने आशंका धेरैको छ ।

बोर्डको अध्यक्ष र सदस्य हुन सत्तामा रहेको पार्टीका नेता र मन्त्रीसँग पहुँच हुनुपर्छ । यसैले त बोर्डलाई पार्टीको कार्यकर्ता भर्ती गर्ने निकायको रुपमा चित्रित गरिँदै आएको छ । र, बोर्ड स्वायत्त नहुँदा सूचना मन्त्रालयले वर्षौंदेखि कठपुतली जसरी नचाइरहेको छ । बोर्डबाट जुनसुकै काम गर्न पहिला मन्त्रालयकै अनुमति चाहिन्छ । एकहिसाबले मन्त्रालयले बोर्डको हातखुट्टा नै बाँधेर राखेको छ ।