मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वर एन्ड वधु’ हलमा, व्यापारिक खडेरी चिर्नुपर्ने चुनौती

फिल्मीखबर, काठमाडौं, 2024/08/30

aanchal sharma

 

गत जेठपछि नेपाली फिल्ममा ठूलो व्यापारिक खडेरी देखिएको छ । असार अन्तिममा आएको फिल्म ‘घरज्वाइँ’लाई छाड्ने हो भने असारदेखि भदौ पहिलो हप्तासम्म प्रदर्शनमा आएका आधा दर्जनभन्दा बढी फिल्मले लगानीको एक तिहाई पनि उठाउन सकेनन् । जसले गर्दा फिल्म क्षेत्रमा एकखालको सन्नाटा देखिएको छ । तथापि, फिल्मको रिलिजको बाढीले माहोल राम्रैसित गर्माइरहेको छ ।

अब लामो व्यापारिक खडेरीलाई चिर्नुपर्ने चुनौतीसहित शुक्रबारदेखि अभिनेत्री आँचल शर्मा अभिनीत फिल्म ‘वर एन्ड वधु’ले प्रदर्शन सुरु गरेको छ । मल्टीप्लेक्सहरुमा सुखद् शोज पाएको फिल्मले प्रदर्शनपूर्व पोखरा र काठमाडौंको प्रिमियरमा राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो । यसको प्रभावमा व्यापारमा देखिन सक्ने विश्वास निर्माण टिमको छ । तर, ‘बुकिङ’ भने खासै उत्साहजनक देखिँदैन ।

फिल्मले दुई परिवारबीचको टसललाई मियो बनाएर प्रेम र धोकाको कथा उठाएको छ । ‘प्रोडक्सन भ्यालु’ उच्च देखिएको फिल्ममा निर्माताले कुनै चीजमा पनि ‘कम्प्रमाइज’ गरेका छैनन् । फिल्म हेर्दा हरेक दृश्यमा पैसाको खोलो बगेको देखिन्छ । निर्देशक मिलन चाम्सले आँखालाई शीतल हुने गरी फिल्म बनाएका छन् । आँचलसहित अभिनेता विवेक कर्माचार्यको अभिनय राम्रो देखिएको छ ।

फिल्ममा आँचल र विवेकसहित विजय लामा, किरण केसी, अंशु महर्जन, कुसुम शर्मा, गरिमा शर्मा, विजु पार्की, सरिता लामिछाने, सृष्टि खड्का, हिउँवाला गौतम, रविन्द्र खड्का, हिमेश पन्त आदिको पनि अभिनय छ । यसमा जानुका थापा निर्माता र डा. अमित रिजाल कार्यकारी निर्मातामा छन् । सुदिप बरालको डीओपी रहेको यो फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ ।