मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छड्के सलाम’ गीतमा बन्ने उत्कृष्ट कभर भिडियो फिल्ममा राखिने

फिल्मीखबर, काठमाडौं, 2024/08/30

बेहुली फ्रम मेघौली'को 'छड्के सलाम' गीतमा निश्चल र स्वस्तिमाको छमछमी

 

दुई हप्ताअघि सार्वजनिक गरिएको फिल्म ‘बेहुली फ्रम मेघौली’को ‘छड्के सलाम’ गीत युट्युब प्लेटफर्ममा रुचाइएको देखिन्छ । ३१ लाखभन्दा बढीले हेरिसकेको यो गीतको पहिलो पंक्ति ‘हैन भने है मेरी बुहारीलाई, मै गरम्ला घरको काम’मा सयौं टिकटक र रिल्स बनेका छन् । र, यो संख्या बढ्दो छ । यसले गीतलाई चर्चित मात्र बनाइसकेको छैन, फिल्मप्रति दर्शकको चासो पनि बढाएको छ ।

गीतको चुलिँदो लोकप्रियतालाई मध्यनजर गर्दै फिल्मका निर्माताले दर्शकलाई एउटा गजबको अवसर दिने भएका छन् । यो गीतमा कभर भिडियो बनाउनेमध्ये उत्कृष्ट एउटालाई फिल्ममै समावेश गरिने निर्मात्री एवं अभिनेत्री स्वस्तिमा खड्काले जानकारी गराइन् । गीतको कुनै पनि साउन्ड प्रयोग गरी ल्यान्डस्केप आकारमा भिडियो बनाउनुपर्ने र त्यो एचडी क्वालिटीमा हुनुपर्ने सर्त राखिएको छ ।

 

BEHULI from MEGHAULI (1)


गीतमा तयार पारेको कभर भिडियोलाई आफूले चलाउने सामाजिक सञ्जालमा पोस्ट गरेर निर्माण पक्षलाई इमेल पनि पठाउनुपर्नेछ । भिडियो जुनसुकै उमेर समूहका व्यक्तिले बनाउन सक्नेछन् । ‘छड्के सलाम’ गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको नृत्य छ । कालीप्रसाद बाँस्कोटा, बबिना किराँती र निश्चल बस्नेतको पार्श्व गायन रहेको गीतमा जयन जे बाइवाको शब्द रचना र संगीत छ ।

साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको फिल्ममा निश्चल र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी लगायतको अभिनय छ । यो फिल्म दशैंको घटस्थापना (असोज १७ गते)देखि प्रदर्शनमा आउँदैछ ।