मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘देवी’को ‘सेलाइदेउ खोलामा’ गीतः महिलालाई हेर्ने दृष्टिकोणप्रति प्रश्न

फिल्मीखबर, काठमाडौं, 2024/08/30

Shilpa Maskey

 

यही भदौ २१ गते अर्थात् हरितालिका तीजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘देवी’को नयाँ गीत ‘सेलाइदेउ खोलामा’ सार्वजनिक गरिएको छ । लिरिकल गीतमा समीक्षा अधिकारी र सज्जा चौलागाइँको पार्श्व गायन रहेको छ भने सुष्मा सिग्देलको शब्द रचना तथा सुशान्त गौतमको संगीत छ । गीतले महिलालाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारप्रति प्रश्न गर्छ । गीतका शब्दहरू शक्तिशाली छन् ।

क्राइम-थ्रिलर जनरामा तयार भएको ‘देवी’लाई सञ्जोग राईले निर्देशन गरेका हुन् । यसमा शिल्पा मास्के, टीका पहारी, गौरव पहारी, नाजिर हुसेन, ध्रुव कोइराला, प्रभाकर न्यौपाने आदिको अभिनय छ । फिल्मले बलात्कारको घटनामा कानुनले पार्ने प्रभावको कथा उठाएको छ । एक्जिबिट स्टुडियोले निर्देशक रामबाबु गुरुङ नेतृत्वको बाँसुरी फिल्म्ससँग सहकार्य गरेर फिल्म निर्माण गरेको हो ।

यसमा निर्देशक राई र अजय गौतमको स्क्रिप्ट लेखन छ । अमेरिकी छायाँकार जोएल फ्रोम एसिएसको डिओपी तथा सन्तोष दवाडी र इयान स्कट क्लेमेन्टको सम्पादन रहेको फिल्ममा रेमन गुरुङ र सञ्जोग राई निर्माता, जावेद खान कार्यकारी निर्माता तथा शिल्पा मास्के, मिलन लामा, उजेन नोर्वे गुरुङ र नारायण गुरुङ सह निर्मातामा छन् । यो फिल्मबाट शिल्पाले निर्माणमा हात हालेकी हुन् ।