मिति : २०८१ भाद्र ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

कस्तो चल्यो ‘वर एन्ड वधु’ ?

फिल्मीखबर, काठमाडौं, 2024/09/01

गत बैशाख र जेठ महिना नेपाली फिल्मका लागि सम्झनलायक रह्यो । यो दुई महिनामा तीन फिल्म सफल भए । असारमा आएको ‘घरज्वाइँ’ पनि राम्रो चल्यो । तर, त्यसपछि नेपाली फिल्मको अवस्था विग्रिएको थियो । हरेक हप्ता हलमा फिल्म नटुटे पनि व्यापार कुनैको सन्तोषजनक रहेन । एक फिल्मका निर्माताले ‘सुन उपहार दिन्छु’ भनेर ललिपप देखाउँदा समेत दर्शकले चासो देखाएनन् ।

 

Aanchal Sharma, Bibek Karmacharya


यो व्यापारिक खडेरीलाई तोड्नुपर्ने चुनौती बोकेर यही शुक्रबारदेखि फिल्म ‘वर एन्ड वधु’ प्रदर्शनमा उत्रिएको थियो । र, धेरैलाई यो फिल्मप्रति आशा पनि थियो । किनकि, यसमा केही स्थापित कलाकारहरु थिए । प्रचार राम्रो थियो । ट्रेलरले हाइप बनाएको थियो । यसैले व्यापार राम्रो हुनसक्ने अपेक्षा गरिनु स्वभाविक थियो । तर, फिल्मको व्यापार न निराशाजनक न उत्साहजनक देखिएको छ ।

प्रदर्शनको पहिलो दिन फिल्मको बिहानी शो अपेक्षाकृत भएन । दिउँसो केही ‘पिकअप’ लिए पनि व्यापारमा खासै सुधार हुन सकेन । साँझपख केही हलका केही शोजमा भने दर्शकको उपस्थिति रामै रह्यो । व्यापारका लागि सबैभन्दा महत्त्वपूर्ण मानिने शनिबारको विदामा काठमाडौं उपत्यकाभित्र केही शोज हाउसफुल भएका थिए । अन्य शोजमा पनि फिल्मको अकुपेन्सी निराशाजनक थिएन ।

प्रदर्शनको दिनदेखि नै निर्देशक मिलन चाम्स, अभिनेत्री आँचल शर्मा, नव-अभिनेता विवेक कर्माचार्यसहितको टिमले विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझेको थियो । उनीहरुलाई भेट्दा दर्शकहरु फोटो खिच्न झुम्मिएका थिए । प्रतिक्रिया पनि राम्रो मिलेको देखिन्थ्यो । खासगरी कलाकार दिनेश काफ्लेले हास्य शैलीमा फिल्ममा बोल्ने ‘पानी खानु हुन्छ’ भन्ने संवाद दर्शकले रुचाएका छन् ।

 

Aanchal Sharma, Bibek Karmacharya


हल भ्रमणको क्रममा दर्शकको प्रतिक्रियाले उत्साहित देखिएका निर्देशक चाम्सले फिल्मको सिक्वेल बन्न सक्ने संकेत गरे । ‘दर्शकले सिक्वेल चाहियो भन्नुभएको थियो । आगामी दिनमा पनि ‘फ्लो’ यही हिसाबमा गयो भने सिक्वेल त बनाउनै पर्छ । सिक्वेल बन्यो भने आँचल र विवेक दोहोरिनेछन् । उनीहरु नभए सिक्वेल बन्दैन,’ उनले भने । आँचल र विवेक पनि दर्शक प्रतिक्रियाले खुसी देखिन्थे ।