मिति : २०८१ मंसिर ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजा भन्छिन्, ‘मलाई उत्कृष्ट मेकर बन्नु छ’

फिल्मीखबर, काठमाडौं, 2024/09/01

फिल्म निर्माण र अभिनय दुईटै विधामा सक्रिय छिन्, पूजा शर्मा । ‘थ्री लभर्स’बाट अभिनय करिअर सुरु गरेकी उनले ‘म यस्तो गीत गाउँछु’बाट पहिलो पटक निर्माणमा हात हालेकी थिइन् । त्यसपछि उनको निर्माण यात्रा रोकिएको छैन । ‘रामकहानी’ र ‘म यस्तो गीत गाउँछु २’पछि अब पूजाको निर्माणमा बनेको चौथो फिल्म ‘रावायण’ यही भदौ २१ गते अर्थात् तीजको दिनबाट प्रदर्शन हुँदैछ ।

 

Pooja Sharma (1)


निर्माण र अभिनय दुवै जिम्मेवारीमा रहँदा दबाब ठूलो हुन्छ । यसैले अब पूजा आगामी फिल्मदेखि एउटा मात्र विधा रोज्ने योजनामा छिन् । ‘कलाकार र निर्माता हुँदा दोहोरो दबाब हुँदो रहेछ । अब अर्को पटक कि म कलाकार हुन्छु कि मेकर । दुवैको जिम्मेवारी लिइरहँदा अभिनयसँगै के भयो, कसो भयो भन्ने चिन्ता भइरहने रहेछ । ‘रावायण’ले मलाई ठूलो पाठ सिकाएको छ,’ उनी भन्छिन् ।

‘रावायण’मा पूजा सञ्चारकर्मीको भूमिकामा छिन् । रोचक कुरा के छ भने फिल्ममा आउनुभन्दा अगाडि उनी सञ्चारकर्ममा नै थिइन् । एक टेलिभिजनमा प्रस्तोतासँगै उनले रिपोर्टरको काम गर्थिन् । तर, फिल्ममा आएपछि उनको पत्रकारिता यात्रामा विश्राम लाग्यो । त्यसैले ‘रावायण’मा पत्रकारको भूमिकामा अभिनय गर्न उनले केही अध्ययन गरिन् । नियमित रुपमा टीभीमा समाचार हेर्न थालिन् ।

‘पत्रकारितामा १०-१२ वर्षको ग्याप भइसकेको छ । पहिला एउटा फ्लोमा पत्रकारिता गर्थें । फिल्ममा पत्रकारको भूमिकामा अभिनय गर्दा अलिक गम्भीर भएँ,’ पूजा पात्रको तयारीबारे भन्छिन्, ‘यो फिल्म मैले अहिलेसम्म गरेको भन्दा फरक थियो । त्यसैले बोलीचाली र लुक्समा ध्यान दिएँ । चरित्रकै लागि नियमित समाचार हेर्थेँ, को कसरी बोल्छ निहाल्थेँ । कतिपय अवस्थामा युट्युबमै पनि खोजेँ ।’

उनलाई फिल्ममा आफ्नो चरित्र एकदमै बलियो छ भन्ने लाग्छ । र, आफ्नै कारणले ‘रावायण’को कथा अगाडि बढ्ने उनको दाबी छ । ‘फिल्ममा जे जति घटना हुन्छन्, ती सबैको कारण म नै हुँ । यसले पनि मेरो चरित्र कति बलियो छ भन्ने बुझाउँछ,’ पूजा भन्छिन् । फिल्ममा एसिड आक्रमणदेखि देशमा मानिसहरुले कसरी शक्ति दुरुपयोग गरेका छन् भन्ने कुरालाई देखाइएको उनको भनाई छ ।

 

Pooja Sharma (1)


पूजालाई अब ‘उत्कृष्ट मेकर’ बन्नु छ । त्यो प्रयासमा आफूलाई ‘रावायण’ले सफल बनाउने उनको विश्वास छ । ‘यसबाट म कलाकार भन्दा पनि मेकरका रुपमा स्थापित हुन चाहन्छु । म बेस्ट मेकर भएर आउँ भन्नकै लागि दर्शकलाई ‘रावायण’ दिँदैछु,’ उनी भन्छिन्, ‘अब मलाई पूजा शर्मा भनेर चिन्नकै खातिर कुदिरहनु पर्दैन । यसैले पनि यसपटक म मेकरका रुपमा ‘फोकस’ छु,’ पूजाले भनिन् ।

‘रावायण’मा पूजाको जोडीको रुपमा अभिनेता पल शाह प्रस्तुत छन् । यसअघि पलसँग उनले दुई फिल्ममा काम गरिसकेकी छन् । उनलाई पलसँग सहकार्य गर्न एकदमै पाउँदा सहज लाग्ने रहेछ । ‘पलमा कलाकारमा हुनुपर्ने हरेक चिज, गुण छ । कोही कलाकार काममा चुजी भइदियो भने त्यसको असर अन्य कलाकारदेखि प्राविधिकसम्मलाई पर्छ । तर, पल एकदमै सहज छ’, उनी भन्छिन् ।