मिति : २०८२ वैशाख ९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

नेताकै कारण नचलेको हो रमितको ‘नमेटिने घाउ’ ?

फिल्मीखबर, काठमाडौं, 2024/09/02

Ramit Dhungana

 

कुनै बेलाका सफल अभिनेता रमित ढुंगानाको पहिलो निर्देशनमा बनेको फिल्म हो, ‘नमेटिने घाउ’ । तर, नामजस्तै उनका लागि यो फिल्म कहिले नमेटिने घाउ बन्न पुगेको छ । २ करोडमा निर्माण भएको फिल्म हलमा दुई दिन पनि राम्ररी टिकेन । कथा गन्जागोल हुँदा न फिल्मलाई प्रशंसा मिल्यो न त रमितको निर्देशनमै अब्बलता देखियो । फिल्मले उही रिलिजको संख्या थप्ने काम मात्र गर्‍यो ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वमन्त्री देवेन्द्र पौडेल, राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अभिनय गरेका कारण प्रदर्शनअघि फिल्मको चर्चा राम्रो थियो । नेताहरुकै कारण फिल्म चल्छ भन्ने विश्वास रमितमा देखिन्थ्यो । यसैले उनले पोस्टरमा पनि फिल्मका प्रमुख कलाकारलाई खुम्चाएर नेताको टाउको ठूलो राखेका थिए । तर, हलमा नेताको अनुहार नै बिकेन ।

ट्रेलर र पोस्टर सार्वजनिक भएदेखि सामाजिक सञ्जालमा नेताहरूका कारण फिल्म बहिष्कार अभियान चलेको थियो । तर, रमितले यसलाई सामान्य रुपमा लिएका थिए । बरु फिल्मको चर्चा भइरहेको दंग थिए । तर, जब हलमा दर्शकहरू आइदिएनन्, त्यसपछि भने उनले बहिष्कार शब्दको शक्ति थाहा पाए । यतिबेला रमित नेतालाई खेलाएकै कारण फिल्म नचलेको निष्कर्षमा पुगेका छन् ।

 

ramit dhunagana


तीन दिनअघि रमितले फेसबुकमा स्टाटस लेख्दै नेतालाई राखेकै कारण दर्शकहरूले फिल्म बहिष्कार गरेको र राजनीतिक दलका व्यक्तिहरूले आफ्नो नेतालाई नखेलाएकाले फिल्म नहेर्ने भनेको उल्लेख गरेका थिए । उनले फिल्म नचलेको स्वीकारोक्ति भावमा लेखेका थिए, ‘नमेटिने घाउ’ साँचिक्कै नमेटिने घाउ नै हुने भयो ।’ यो फिल्मको व्यापार १० लाख पनि नरहेको जानकारी प्राप्त छ ।