मिति : २०८१ भाद्र ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पौराणिक एक्सनमा फिल्म ‘डिएनए’ बन्ने

फिल्मीखबर, काठमाडौं, 2024/09/03

DNA announcement poster

 

चानस पुन मगर र मणि रत्न त्रिपाठीको संयुक्त निर्देशनमा फिल्म ‘डिएनए’ बन्ने भएको छ । मंगलबार एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरियो । पौराणिक एक्सन-थ्रिलर शैली फिल्म बन्नेछ । फिल्म पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित हुने र एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने निर्देशक मगरले बताए ।

फिल्म निर्माणको जिम्मेवारी फोनिक फ्लिकले लिएको छ भने बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्यमा निर्माण कार्य अघि बढाइनेछ । फिल्मको छायाङ्कन आउँदो फागुनमा सुरु गर्ने योजनामा निर्माण टिम छ ।

पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई रोमाञ्चक यात्रामा लैजाने अपेक्षा गरेको अर्का निर्देशक त्रिपाठीले बताए । फिल्ममा नयाँ र नौलो प्रयोग गरिने उनको दाबी छ । कलाकार तथा अन्य टिमको बारेमा भने जानकारी गराइएको छैन ।