मिति : २०८१ भाद्र ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेसबुकमा चलेको पूजा र समीक्षाको दोहोरी

फिल्मीखबर, काठमाडौं, 2024/09/03

अभिनेत्री पूजा शर्मा र गायिका समीक्षा अधिकारीबीचको सम्बन्ध ‘जति बुझ्यो त्यति कठीन, झन्झन् बुझ्यो झन् कठिन’ छ । अभिनेता पल शाहमाथि मुद्धा दायर भएपछि पूजाले समीक्षाको चरित्रमाथि नै प्रश्न उठाएकी थिइन् । त्यसबेला दुवैको सम्बन्ध वारपार थियो । तर, पल रिहा भइसकेर पनि भेट्न नआएपछि पूजाले समीक्षासँग घनिष्टता बढाइन् । दुवैले दिदी-बहिनी भन्दै थुप्रै टिकटक बनाए ।

जब पूजाले फिल्म ‘रावायण’मा पलसँग काम गर्ने निश्चित भयो, त्यसपछि पूजा र समीक्षाको पानी बाराबार भयो । त्यसयता समीक्षाले फेसबुकमार्फत् पूजालाई लक्षित गरेर पटकपटक कटाक्ष गर्दै आइरहेकी छन् । मंगलबार भने उनीहरुबीच सामाजिक सञ्जालमा दह्रै दोहोरी चलेको छ । पूजाले हालै एउटा अन्तर्वार्तामा दिएको अभिव्यक्तिले उनीहरुबीच आरोप-प्रत्यारोपको जुहारी सुरु भएको हो ।

 

Samikshya Adhikari and pooja sharma


एक युट्युब च्यानलमा पूजाले पल मुछिएको प्रकरणको बारेमा टिप्पणी गरेकी थिइन् । त्यहाँ उनले पलको बचाउ गरेकी छन् । यही विषयलाई लिएर समीक्षाले फेसबुकमा स्टाटस लेख्दै कडा रुपमा टिप्पणी गरेकी छन् । उनले पूजालाई सबै कुरा नर्मल भइसकेको अवस्थामा फिल्म (रावायण) चलाउनका लागि आफूलाई बारम्बार प्रहार नगर्न चेतावनी दिँदै यसरी पीडा नदिन आग्रह गरेकी छन् ।

समीक्षाको स्टाटसपछि पूजाले पनि जवाफ फर्काएकी छन् । उनले फिल्म रिलिजअघि शत्रुहरू लागेको टिप्पणी गरेकी छन् । उनले समीक्षाले अन्तर्वार्ताको भिडियो सेअर गरेर नकारात्मक सन्देश दिन खोजेकोमा आपत्ति जनाएकी छन् । यो विषयमा बोल्न आफूले आवश्यक नठानेको भए पनि फिल्म आउनुभन्दा २/४ दिनअघि आफूप्रति टार्गेट गरिएकाले बाध्य भएर बोलेको पूजाको भनाई छ ।

 

pooja sharma and samikshya adhikari


पूजाले स्टाटसमा लेखेकी छन्, ‘मिडियामा आएका मेरा सम्पूर्ण सामाग्रीहरू नितान्त प्रोफेशनल हुन् । योबाहेक मेरा र ती बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन होला । त्यसमा न म कहिले बोलेँ र कहिले बोल्ने छु र सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गर्दछु । मुभी आउनु अगाडि शत्रुहरू त लाग्छन् नै ।’ पूजाले स्टाटसको कमेन्ट बक्स आफ्नो पक्षमा बोल्नेलाई मात्र खुल्ला छाडेकी छन् ।