मिति : २०८२ वैशाख ९, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कात्तिक ३० मा थपियो ‘केटी हराएको सूचना’, टिजरमा नाजिरको बन्धकमा सृष्टि

फिल्मीखबर, काठमाडौं, 2024/09/03

Shristi Shrestha, Najir Husen

 

आगामी कात्तिक ३० गते (गुरु नानक जयन्तीको दिन) नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । अभिनेता नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी दम्पतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ र अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘बम बहादुर’ले कात्तिक ३० गतेलाई प्रदर्शन मिति तय गरिसकेको अवस्थामा अब अर्को फिल्म ‘केटी हराएको सूचना’ पनि थपिएको छ ।

मंगलबार प्रदर्शन मिति घोषणा गर्दै फिल्मको टिजर पनि सार्वजनिक गरिएको छ । लगभग एक मिनेट लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठबीचको प्रेमलाई दर्शाउँदै सुरु भएको टिजर नाजिरले हात, खुट्टा र मुख बाँधेर सृष्टिलाई बन्धक बनाएको दृश्यसँगै टुंगिएको छ । धोका र बदलाको कथामा फिल्म बनेको टिजरले संकेत गर्छ ।

करिब बत्तीस वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले फिल्मको निर्देशन गरेका हुन् । उनी स्वयं निर्माता रहेको फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र आदिको पनि अभिनय छ । नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन छ भने अमर महर्जनको छायांकन छ ।