मिति : २०८१ भाद्र ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वर एन्ड वधु’को ‘माया’ गीतमा प्रेम साट्दै आँचल र विवेक

फिल्मीखबर, काठमाडौं, 2024/09/05

Aanchal Sharma, Bibek Karmacharya

 

गत हप्ताबाट प्रदर्शनमा आएको फिल्म ‘वर एन्ड वधु’ले व्यापारमा सुधारका लागि बक्स अफिसमा संघर्ष गरिरहेको छ । प्रदर्शनको दोस्रो दिन (शनिबार) फिल्मको व्यापार ठीकठाकै देखिए पनि त्यसपछि खस्किन पुग्यो । यद्यपि, निर्माताले अझै आशा मारिसकेका भने छैनन् । ‘वर्ड अफ माउथ’ राम्रो भएकाले हलमा दर्शक बढ्ने विश्वासमा निर्माता छन् । तर, यो सम्भावना अब झिनो बनेको छ ।

फिल्मले प्रदर्शनको एक हप्ता पूरा गरेसँगै बिहीबार नयाँ गीत ‘माया’ सार्वजनिक गरिएको छ । यो रोमान्टिक गीतमा दीपक लिम्बू र प्रविशा अधिकारीको स्वर, शैलेन्द्र खनालको शब्द रचना र युग भुषालको संगीत छ । कविराज गहतराजको कोरियोग्राफीमा बनेको गीतमा अभिनेत्री आँचल शर्मा र डेब्यु अभिनेता विवेक कर्माचार्य रोमान्टिक भावमा देखिएका छन् । गीतले उनीहरुको प्रेम बोल्छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्ममा आँचल र विवेकसँगै विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, दिनेश काफ्ले, कुसुम शर्मा, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने, हिमेश पन्त लगायतको अभिनय छ । जानुका थापा निर्माता तथा अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्मले प्रेम र धोकाको कथालाई उठान गरेको छ । फिल्ममा ठूलो ‘क्यानभास’ देखिन्छ ।