मिति : २०८१ भाद्र ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म ‘ज्ञान शास्त्र’ बन्ने, डेब्यु गर्दै स्मारिका

फिल्मीखबर, काठमाडौं, 2024/09/05

gyan shastra

 

दिनेश कुँवरको निर्देशनमा फिल्म ‘ज्ञान शास्त्र’ बन्ने भएको छ । बिहीबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो । पोस्टरमा खप्टिएका चार थान शास्त्रका पुराना किताबलाई प्रस्तुत गरिएको छ भने पृष्ठभूमिमा चाँदी झैँ टल्किएको हिमाल र हरियो डाँडाको काखमा रहेको एक सुन्दर गाउँ चित्रित छ । फिल्मले शिक्षा सम्बन्धी विषय उठाउन लागेको जानकारी पोस्टरले गराउँछ ।

निर्देशक कुँवरले शिक्षा क्षेत्रका समस्या र राजनीतिले पारेको प्रभावको कथामाथि फिल्म बन्न लागेको जानकारी दिए । यो फिल्मबाट चर्चित मोडल स्मारिका ढकालले अभिनेत्रीको रुपमा डेब्यु गर्ने भएकी छन् । टिकटकबाट उदाएकी उनले चार दर्जन बढी म्यूजिक भिडियो गरिसकेकी छन् । ‘ज्ञान शास्त्र’मा स्मारिकाका साथै समीर खान र पूर्णिमा थापाको पनि शीर्ष भूमिका रहने जनाइएको छ ।

विकास बराल र प्रेम बहादुर श्रेष्ठको संयुक्त लगानीमा निर्माण हुन लागेको फिल्ममा सुशील पोख्रेल, सुरवीर पण्डित, सुवास गजुरेल, श्याम राई, रविन्द्र झा, नरेश पौड्याल, अनुज गुप्ता, ममता पौडेल, दीपक अधिकारी, मौसम खड्का, आयुस श्रेष्ठ, अनिल खड्का लगायतको पनि अभिनय देख्न सकिनेछ । आभाष रानाको लेखन रहेको फिल्मको निर्माण नियन्त्रकमा भोला सुवेदी (प्रणव) छन् ।

यही भाद्र २३ गते मुहूर्त गरेर चितवनको ग्रामीण तथा शहरी क्षेत्रमा फिल्मको छायांकन गर्ने तयारीमा निर्माण टिम रहेको छ । विष्णु परियारले छायांकन गर्न लागेको फिल्मको गीतमा कृष्ण भण्डारी शर्माको शब्द र शिव के. परियारको संगीत रहनेछ । ‘ज्ञान शास्त्र’ निर्देशक कुँवरको पहिलो फिचर फिल्म हो । उनीसँग केही सर्ट फिल्म र एक दर्जन म्यूजिक भिडियो निर्देशनको अनुभव भने छ ।