मिति : २०८१ भाद्र ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘रावायण’ र ‘देवी’ हलमा, तीज विदाको फाइदा उठाउलान् ?

फिल्मीखबर, काठमाडौं, 2024/09/06

devi and rawayan

 

लगभग डेढ महिनादेखि नेपाली फिल्मको व्यापार खस्किएको छ । हरेक हप्तामा हलमा नयाँ फिल्म रिलिजको श्रृंखला नटुटेको भए पनि व्यापार अपेक्षाकृत रहन सकेको छैन । ठूलो आशा गरिएका फिल्म समेत बक्स अफिसमा पिटिरहेका छन् । यो निराशाजनक अवस्थामा आशाको किरणको रुपमा हेरिएका दुईवटा फिल्म ‘रावायण’ र ‘देवी’ शुक्रबारबाट व्यावसायिक प्रदर्शनमा आएका छन् ।

दुवै फिल्म फरक जनराका हुन् । ‘रावायण’ एक्सन प्रधान फिल्म हो । टिजर-ट्रेलरबाट पनि यो प्रष्ट हुन्छ । फिल्मले तराई क्षेत्रमा हुने हिंसात्मक गतिविधिलाई कथाको मियो बनाएको छ । ‘देवी’ भने क्राइम-थ्रिलर फिल्म हो । यसले बलात्कार र महिला हिंसाविरुद्धको आवाज उठाएको छ । यसैले दुवै फिल्मको लक्षित वर्ग फरक छन् । अब कुन फिल्ममा दर्शक आकर्षित हुन्छन्, त्यो हेर्न बाँकी छ ।

‘रावायण’ र ‘देवी’ तीजको विदामा रिलिज भएकाले यसको फाइदा दुवै फिल्मको व्यापारमा देखिन सक्नेछ । तर, यी दुई फिल्मलाई ठूलो बाधक बिहीबारबाट आएको तमिल फिल्म ‘द ग्रेटेस्ट अफ अल टाइम’ बन्ने देखिन्छ । किनकि, यो फिल्मप्रति घरेलु दर्शकको आकर्षण देखिएको छ । यो अवस्थामा दुई नेपाली फिल्मलाई हलमा आफ्नो पकड बनाउन बलियो ‘वर्ड अफ माउथ’ अनिवार्य छ ।

फोटोग्राफर सञ्जोग राईको निर्देशनमा तयार भएको ‘देवी’मा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ । ‘रावायण’लाई भने सुदर्शन थापाले निर्देशन गरेका हुन् । यो फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको अभिनय छ । यसको छायाँकार सौरभ लामा हुन् ।