मिति : २०८१ भाद्र ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आँखा’को ‘खुसी’ गीतमा स्मिता र आरकेको खुसी र पीडा

फिल्मीखबर, काठमाडौं, 2024/09/06

Smita Lamichane and RK Mehta

 

दशैंको छेको पारेर आगामी असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आँखा’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘खुसी’ बोलको गीतमा फिल्मकी शीर्ष अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहताको खुसी र पीडालाई देखाइएको छ, जो सुकुम्बासी बस्तीमा बस्छन् । पवन गिरी र मीना सिंहको स्वर, प्रकाश मल्ल र राम अविरल बिष्टको शब्द रहेको गीत मर्मस्पर्शी छ ।

जौन योन्जनको लेखन तथा निर्देशनमा बनेको फिल्ममा स्मिता र आरकेसहित निशा अधिकारी, सरोज खनाल, पशुपति राई, प्रवीण खतिवडा, विजय बराल, बुद्धि तामाङ, कृष्णभक्त महर्जन, राजन खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राई पनि मुख्य भूमिकामा छन् । अलोक शुक्लाको छायांकन रहेको फिल्मको निर्माता निर्देशक योन्जन आफैं हुन् ।

ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्ममा नारायणप्रसाद बराल कार्यकारी निर्माता, रेनुका कार्की ढोली सह-निर्माता तथा राम बस्नेत लाइन प्रोड्यूसरमा छन् । कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको ‘आँखा’ले नदी किनारमा बस्ने सुकुम्बासीको कथालाई उठाएको यसअघि सार्वजनिक टिजरले प्रष्ट पारिसकेको छ ।