मिति : २०८१ भाद्र ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बलिदान’को मुहूर्त, भारतको ५० जना प्राविधिक टोली आबद्ध

फिल्मीखबर, काठमाडौं, 2024/09/06

सेट डिजाइनको कामले गर्दा छायांकनमा ढिलाई भएको फिल्म ‘बलिदान’को ‘प्रविधि पूजा’ (शुभ-मुहूर्त) गरिएको छ । तीजको दिन पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा मन्दिरमा शुक्रबार मुहूर्त गरिएको हो । छायांकन भने शनिबार (भदौ २२ गते)बाट सुरु हुने निर्देशक सन्तोष सेनले जानकारी दिए । इटहरीमा अभिनेत्री ऋचा शर्मा र केही बाल कलाकारहरूको पहिलो दृश्य खिचिनेछ ।

 

Balidaan Muhurt


सौगात मल्ल, समीर भट्ट (विराज भट्टका छोरा), अर्पण थापा, दिव्य देवसहितका अन्य कलाकारहरू भने केही दिनमा छायांकनमा जोडिनेछन् । छायांकनका लागि इटहरीस्थित बिएमसी स्टुडियोमा सेट तयार गरिएको छ भने विराटनगरमा पनि सेट बनाइएको छ । निर्देशक सेनका अनुसार, ६० प्रतिशत छायांकन स्टुडियोमा हुनेछ । स्टुडियोमा विशेषगरी फिल्मको एक्सन सिनहरू खिचिनेछ ।

निर्देशक सेनले मुहूर्तको तस्वीरहरू फेसबुकमा सेअर गर्दै ‘बलिदानको बिगुल’ फुकेको जनाएका छन् । ‘भारतका प्राविधिकहरू र नेपालका प्राविधिक तथा कला डिपार्टमेन्टका सदस्यहरूलाई एकत्रित गर्दै तीजको उपयुक्त दिनमा क्यामेरा र अन्य प्रविधिको पूजा गर्दै ‘बलिदानको बिगुल’ फुकेका छौँ,’ उनले फेसबुकमा लेखेका छन् । निर्देशनको हिसाबले ‘बलिदान’ उनको दोस्रो फिल्म हुनेछ ।

 

Balidaan Muhurt 1


‘बलिदान’मा दक्षिण भारतीय फिल्मका चर्चित प्राविधिकहरू, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाँकार शरण ऋषिसहित ५० जनाको प्राविधिक टोली आबद्ध छ । फिल्ममा प्रयोग गरिने लाइट, साउन्ड र क्यामेराहरू मुम्बईबाट ल्याइएको हो । सन्तोष सेनको प्रस्तुति रहेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र सह-निर्माता प्रेम पुरी हुन् । फिल्मको बजेट ५ करोड नाघ्ने अनुमान गरिएको छ ।