मिति : २०८१ भाद्र ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीज विशेष : रातो साडीमा सजिए अभिनेत्रीहरू (तस्वीरसहित)

फिल्मीखबर, काठमाडौं, 2024/09/06

Keki Adhikari

 

आज शुक्रबार हिन्दू महिलाहरूले हरितालिका तीज मनाइरहेका छन् । धार्मिक रूपमा तीजको जति महत्त्व छ, यो पर्वमा गहना र पहिरनको पनि आफ्नै महत्त्व छ । तीजमा महिलाले लगाउने रातो साडी सुख, समृद्धि तथा साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई शक्ति प्रदान गर्छ भन्ने धार्मिक विश्वास छ । यसैले तीजमा महिलाहरूले रातो साडीमा आफूलाई सजाउने गरेका छन् ।

 

Swastima Khadka


नेपाली अभिनेत्रीहरूले पनि सातो साडी र गरगहना पहिरिएर तीज मनाएका छन् । अभिनेत्री केकी अधिकारीले ‘ह्याप्पी तीज’ भन्दै साडीमा खिचेका चार थान तस्वीर फेसबुकमा सेअर गरेकी छन् । गुलाबी रंगको साडीमा उनको सुन्दरता निकै खुलेको छ । अर्की अभिनेत्री स्वस्तिमा खड्काले तीजको शुभकामना दिँदै सुनका गरगहनाहरू र रातो साडीमा खिचेका तस्वीरहरू पोस्ट्याएकी छन् ।

 

Arunima Lamsal


दुई हप्ताअघि विवाह गरेर अमेरिका पुगेकी अरुणिमा लम्सालले पनि सिउँदोमा सिन्दूर लगाएर रातो साडीमा सजिएका तस्वीरहरू फेसबुकमा राखेकी छन् । त्यस्तै, अभिनेत्रीहरू श्वेता खड्का, नीता ढुंगाना, अनु शाह लगायतले पनि गरगहना र साडीमा सजिएका तस्वीरहरु आ-आफ्नो सामाजिक सञ्जालमा सेअर गर्दै तीज जनाएका छन् । केही अभिनेत्रीहरूले निराहार व्रत समेत बसेका छन् ।

 

shweeta khadka

barsha raut

Anu Shah