मिति : २०८१ भाद्र ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतको सीतामढीमा देखाइयो ‘अग्निदहन’, शितल निवासमा प्रिमियर गरिँदै

फिल्मीखबर, काठमाडौं, 2024/09/06

agnidahan (2)

 

बोक्सी कुप्रथाविरुद्धको कथामा आधारित भएर बनेको फिल्म ‘अग्निदहन’को भारतको बिहार राज्यस्थित सीतामढीमा विशेष प्रदर्शन गरिएको छ । सीतामढीस्थित सशस्त्र सीमा बल (कमाण्डेन्ट अफ एसएसबी)को २०औं बटालियनको सभा हलमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेयको उपस्थितिमा फिल्म प्रदर्शन गरिएको हो । त्यहाँ फिल्मलाई भोजपुरी भाषामा देखाइएको हो ।

कार्यक्रममा फिल्मका निर्देशक घनश्याम लामिछाने, परिकल्पनाकार कोविद शरण उपाध्याय, नेपाल-भारत भातृ मञ्चका संस्थापक अध्यक्ष डा. नवलकिशोर सिंह, निर्देशक शिवजी लामिछाने लगायतको उपस्थिति थियो । परिकल्पनाकार उपाध्यायले फिल्मलाई निकट भविष्यमै नेपाल-भारतको विभिन्न सीमावर्ती क्षेत्रमा देखाउने तयारी भइरहेको जानकारी दिए ।

आगामी मंसिर ७ गतेबाट नेपालका हलमा प्रदर्शनमा आउन लागेको ‘अग्निदहन’को आगामी छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शितल निवासमा प्रिमियरको तयारी गरिएको छ । यसअघि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका नेताहरुले फिल्म हेरिसकेका छन् ।

फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला लगायतको अभिनय छ । यसमा लोकमणि पौडेलको लेखन, दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ ।