मिति : २०८१ भाद्र ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘रुकुम मैकोट’ गीतको प्रभाव : जापान र कोरियामा बिक्री भयो ‘खुस्मा’

फिल्मीखबर, काठमाडौं, 2024/09/07

Khusma-Japan-Korea

 

संविधान दिवसको विदा पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘खुस्मा’ यतिबेला ‘रुकुम मैकोट’ गीतका कारण चर्चामा छ । १२ दिनमा युट्युबमा लगभग ३० लाखले गीत हेरिसकेका छन् भने यसमा सयौंको संख्यामा टिकटक र रिल्सहरु बनेका छन् । सेलिब्रेटीहरुले समेत यो गीतमा भिडियो बनाइरहेका छन् । जसले गर्दा फिल्मको लोभलाग्दो रुपमा हाइप बनेको छ ।

यही गीतका कारण फिल्मको विदेशमा समेत माग बढ्न थालेको छ । यसैबीच, जापान र दक्षिण कोरियाका लागि फिल्मको प्रदर्शन अधिकार बिक्री गरिएको छ । यी दुई देशमा आकर्षक मूल्यमा फिल्म बिक्री भएको निर्देशक अशोक थापा मगरले जानकारी दिए । अन्य केही देशका लागि पनि यतिबेला कुरा भइरहेको उनले बताए । विदेशमा फिल्मको माग बढिरहेकोमा उनले खुसी व्यक्त गरे ।

निर्देशक मगर स्वयंको लेखन रहेको ‘खुस्मा’मा धिरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, सुजाता राई, खड्कबहादुर पुन (खबपु), विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर लगायतको अभिनय छ । द्वन्द्वकालीन समयको प्रेम कथामा आधारित भएर बनेको यो फिल्मको पहिलो गीत ‘खुसीका फूल बटुलेर’लाई पनि दर्शकले रुचाएका देखिन्छ ।