मिति : २०८१ भाद्र ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुहूर्त गर्दै बागलुङबाट प्रकाश र स्वस्तिमाले सुरु गरे ‘वसन्त’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2024/09/07

basanta movie (1)

 

फिल्म ‘परदेशी २’बाट अभिनेता बनेका गायक प्रकाश सपूत अब फिल्म ‘वसन्त’बाट निर्देशकको परिचय थप्दैछन् । गत बैशाखमा उनले एक टिजर भिडियोमार्फत् फिल्मको घोषणा गरेका थिए । शनिबारदेखि उनले आफ्नो गृहजिल्ला बागलुङबाट छायांकन सुरु गरेका छन् । छायांकनभन्दा अगाडि त्यहाँको धार्मिक स्थल कालिका मन्दिरमा फिल्मको मुहूर्त गरिएको थियो ।

प्रकाशसहित अभिनेत्री स्वस्तिमा खड्का लगायतले क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गरेका थिए । मुहूर्तपछि शान्ति पदयात्रा पनि निकालिएको थियो । बागलुङस्थित सपूतको जन्मथलो धम्जा गाउँसहितका क्षेत्रमा करिब २५ दिन फिल्मको छायांकन हुने जनाइएको छ । दशैं र तिहारको बीचमा भने काठमाडौं र तराई क्षेत्रमा छायांकनको तयारी गरिएको निर्देशक सपूतले बताए ।

सुसन प्रजापतिको छायांकन रहने फिल्ममा प्रकाश र स्वस्तिमासहित अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्री लगायतको पनि अभिनय रहनेछ । यसमा प्रकाश स्वयंको लेखन छ भने गीत पनि उनले नै तयार पारेका छन् । तीन करोड बजेट अनुमान गरिएको फिल्मलाई आगामी चैत २२ गतेबाट प्रदर्शन गरिँदैछ ।

 

basanta movie (1)


फिल्मको घोषणाको बेला सार्वजनिक गरिएको टिजरले वर्ण व्यवस्था र जात व्यवस्थाले पिल्सिएको एउटा तप्काको कथामा ‘वसन्त’ बन्न लागेको जानकारी गराउँछ । प्रकाशको पात्र (वसन्त)लाई लेखनप्रति रुचि देखिन्छ, जो विश्वकर्मा परिवारका हुन् । स्वस्तिमा भने कथित माथिल्लो जातकी युवती (शान्ति)को भूमिकामा छिन् । प्रकाश र स्वस्तिमाको प्रेमलाई पनि फिल्मले देखाउनेछ ।