मिति : २०८१ आश्विन १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपेन्द्रले २५ दिनमै सकाए ‘के घर के डेरा २’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2024/09/08

k ghar k dera

 

कम समयमै फिल्मको छायांकन सकाउने निर्देशकको रुपमा चिनिएका छन्, दीपेन्द्र के. खनाल । ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘मेयर’लाई छाड्ने हो भने उनले २०/२५ दिनमा फिल्मको छायांकन सकाएका उदाहरण छन् । यसैबीच, उनले नयाँ फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन पनि २५ दिनमा पूरा गरेका छन् । शनिबार अन्तिम दृश्य खिच्दै फिल्म ‘प्याकअप’ गरिएको हो ।

काठमाडौं र ललितपुरमा छायांकन भएको यो फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतको अभिनय रहेको छ । छायांकनमा जानुभन्दा अगाडि नै आगामी माघको ११ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो । अहिलेसम्म यो मितिमा अरु फिल्म छैनन् ।

 

k ghar k dera


युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्मातामा छन् । ‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘उसले दिएको उमेर’, ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धि सागरको लेखन रहेको यो फिल्मका छायाँकार कृष्णबहादुर थापा हुन् । फिल्मले सामाजिक विषयलाई रमाइलो शैलीमा भनेको छ । घरबेटी र डेरावालको कथामा आधारित भएर फिल्म बनेको हो ।