मिति : २०८१ आश्विन १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपको ‘एक्लो’ खिच्न अपर मुस्ताङमा ४५ लाखको सेट

फिल्मीखबर, काठमाडौं, 2024/09/08

यतिबेला अभिनेता प्रदीप खड्कालाई भ्याइनभ्याइको अवस्था छ । लगातार फिल्म सम्झौता गर्दा उनलाई छायांकनमा चटारो परेको छ । ‘पूजार सार्की’ रिलिजपछि ‘एक्टर’को छायांकन सकाएका उनी अहिले फिल्म ‘पिताम्बर’को छायांकनमा व्यस्त छन् । यसपछि उनी ‘एक्लो’को छायांकनमा जोडिने छन् । यो फिल्मको अहिले प्रदीपबाहेकको दृश्य एक सातादेखि अपर मुस्ताङमा भैरहेको छ ।

 

Aklo shooting set (4)


फिल्मको छायांकनका लागि त्यहाँ सेट नै तयार पारिएको छ । जसका लागि ४५ लाख रुपैयाँ खर्च भएको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले जानकारी दिए । सेटमा फिल्मको महत्त्वपूर्ण दृश्यहरु खिचिने उनको भनाई छ । फिल्मका लागि अन्तरिक्ष यात्रीले लगाउने ‘सुट’ समेत तयार पारिएको छ । अपर मुस्ताङपछि १५ दिनको सेड्युलमा काठमाडौंमा पनि फिल्मको छायांकन गरिनेछ ।

 

Aklo shooting set (3)


साइन्स-फिक्सन कथामा आधारित रहेर निर्माण भइरहेको फिल्ममा प्रदीपसँगै बेलायती अभिनेता जेमी बेकम, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोदकुमार सुवेदी (क्षितिज) लगायतको अभिनय रहनेछ । मोडल कविताले यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् ।

 

Aklo shooting set (2)


‘एक्लो’का निर्देशक प्रदीप शाही हुन् । उनले यसअघि ‘गोर्खाः विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ फिल्मको निर्देशन गरेका थिए । राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा र बागवीर पुन निर्माता रहेको फिल्ममा बाबु श्रेष्ठ छायाँकारमा छन् । फिल्मले सन् २०३० सम्म एक घातक महामारीका कारण मानिसले पृथ्वी छोड्न बाध्य भएको कथा भन्नेछ ।