मिति : २०८१ आश्विन १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोरीको आमा-बुबा बने दीपिका र रणवीर

एजेन्सी, काठमाडौं, 2024/09/08

Ranveer and Deepika's pregnancy shoot goes viral - Daily Pakistan English  News

 

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह अभिभावक बनेका छन् । आइतबार बिहान दीपिकाले छोरीलाई जन्म दिएकी हुन् । सुत्केरी व्यथा सुरु भएपछि शनिबार उनलाई दक्षिणी मुम्बईको एचएन रिलायन्स हस्पिटलमा भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनुभन्दा एक दिनअघि दीपिका पूजाआजा गर्न रणवीरको साथमा सिद्धिविनायक मन्दिर पुगेकी थिइन् ।

दीपिकाले गत २८ फेब्रअरीमा आफू आमा बन्न लागेको जानकारी गराएकी थिइन् । रणवीरले केही समयअघि एक अन्तर्वार्तामा दीपिकाजस्तै छोरीको चाहना व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘दीपिका क्यूट बेबी थिइन् । भगवान् मलाई उनी जस्तै छोरी दिनुहोस्, मेरो लाइफ सेट हुन्छ ।’ दीपिका र रणवीरले ५ वर्ष लामो प्रेम सम्बन्धलाई सन् २०१८ मा विवाहमा परिणत गरेका थिए ।

उनीहरुको पहिलो भेट फिल्म ‘गोलियोकी रासलीलाः रामलीला’को सेटमा भएको थियो । यही फिल्ममा काम गर्ने क्रममा उनीहरु प्रेममा डुबेका थिए । उनीहरुले ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’मा एकसाथ काम गरिसकेका छन् । दीपिका पछिल्लो पटक फिल्म ‘कल्की’मा देखिएकी थिइन् भने रणवीर चाँडै फिल्म ‘डन ३’मा काम गर्ने तयारीमा छन् ।