मिति : २०८१ आश्विन १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलोनले ‘रंगी’ बनाउने, सुरेशले निर्देशनमा डेब्यु गर्दै

फिल्मीखबर, काठमाडौं, 2024/09/09

rangi movie

 

बाल्यकालदेखि नै अभिनयमा सक्रिय अभिनेता सलोन बस्नेतले पछिल्लो समय फिल्म निर्माणमा पनि आफ्नो उपस्थिति बढाइरहेका छन् । गत वर्ष ‘जय हो’ बनाएका उनी यसै वर्ष फिल्म ‘यूनिभर्सिटी अफ गुन्डाज्’ निर्माणको तयारीमा छन् । तर, यो फिल्मभन्दा अगाडि उनले ‘रंगी’ शीर्षकमा अर्को फिल्म बनाउने भएका छन् । आइतबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरियो ।

साइकलमा बसेकी एक बालिकासँग खेल्दै गरेका एक पुरुषलाई पोस्टरमा चित्रित गरिएको छ । उनीहरू बाबु-छोरी रहेको लगाउन गर्न सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखिन्छ । यो फिल्मले बाबु-छोरीको भावनात्मक सम्बन्धको कथालाई उठाउन लागेको पोस्टरले बुझाउँछ । सक्षम सुवेदी निर्माता रहेको ‘रंगी’को प्रस्तुतकर्ता सलोन बस्नेत हुन् । सौरभ लामाले फिल्म छायांकन गर्नेछन् ।

सुरेश न्यौपानेको निर्देशनमा फिल्म बन्न लागेको हो । यो उनको पहिलो निर्देशकीय फिल्म हुनेछ । उनीसँग ‘छक्का पञ्जा’, ‘यात्रा’, ‘ए मेरो हजुर २’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’ लगायतका फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेको अनुभव छ । आगामी असोज ११ गतेदेखि काठमाडौंबाट छायांकन सुरु हुन लागेको फिल्मका लागि केही दिनमा कलाकार फाइनल हुने जनाइएको छ ।