मिति : २०८१ आश्विन १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डिएनए’बाट डेब्यु गर्दै सुधन

फिल्मीखबर, काठमाडौं, 2024/09/10

DNA-first look poster

 

चाँडै निर्माणको तयारीमा रहेको फिल्म ‘डिएनए’बाट सुधन पोखरेलले अभिनेताको रुपमा डेब्यु गर्ने भएका छन् । मंगलबार उनलाई चित्रित गर्दै फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सुधन अँध्यारो कोठाभित्र चम्किलो किरण फ्याँकिरहेको एक बाकसमा हेरिरहेका छन्, जहाँ पौराणिक वस्तु हुनसक्ने अनुमान गर्न सकिन्छ । रोयल भीमसेनले पोस्टर डिजाइन गरेका हुन् ।

आगामी फागुनबाट छायांकन सुरु गर्न लागिएको यो फिल्ममा सुधनबाहेक अरु कलाकार निश्चित भएका छैनन् । चानस पुन मगर र मणि रत्न त्रिपाठीको संयुक्त लेखन एवं निर्देशनमा बन्न लागेको फिल्मको निर्माता कुमार भास्कर हुन् । फोनिक फ्लिकको ब्यानरमा बन्न लागेको फिल्मको केही दिनमा टिजर पनि सार्वजनिक गरिँदैछ । फिल्मलाई पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’ भनिएको छ ।

सुशान्त केसी र प्रशान्त योगीले छायांकन रहने फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, मानस्वी मालाकारको सङ्गीत, गणेश क्षेत्रीको सम्पादन, वर्षा क्षेत्रीको कस्ट्युम डिजाइन, सुदीप पाण्डेको रंग संयोजन, सुदिल धितालको साउन्ड डिजाइन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहनेछ । ‘डिएनए’को एसोसियट निर्मातामा आशिष पुडासैनी तथा कार्यकारी निर्मातामा विकाश भण्डारी छन् ।