मिति : २०८१ आश्विन १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सानो संसार’ ट्रेलरमा मध्यम वर्गीय परिवारको कठिनाई र संघर्ष

फिल्मीखबर, काठमाडौं, 2024/09/10

sano sansar

 

दशैंको छेको पारेर आगामी असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सानो संसार’को ट्रेलर सार्वजनिक गरिएको छ । करिब तीन मिनेट लामो ट्रेलरमा एउटा मध्यम वर्गीय परिवारले आर्थिक समस्याका कारण भोग्नुपरेको अभाव, कठिनाई र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ । वैदेशिक रोजगारीको बाध्यता, विवाहको दबाब जस्ता पक्षलाई पनि ट्रेलरले देखाउन खोजेको छ ।

सिद्धार्थ पुडासैनीको निर्देशनमा बनेको फिल्ममा सीतादेवी तिमिल्सेना (कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती), अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय रहेको छ । निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो । ‘सानो संसार’को निर्मातामा अर्जुन कुमार र कार्यकारी निर्मातामा माधव वाग्ले रहेका छन् ।

राजधानी मिडिया तथा प्रिन्सेस मुभिजको प्रस्तुतिमा तयार भएको फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन छ । यसमा प्रवीन खड्काको छायांकन, जनिम गरातराजको कलर, रोमी मोसेस तन्डुकारको सम्पादन तथा सुजैन खड्का र मनोज खड्काको नृत्य निर्देशन छ । दुई हप्ताअघि फिल्मको पहिलो गीत ‘मगमग फूलबारी’ सार्वजनिक गरिएको थियो, जुन दर्शकले रुचाएका छन् ।