मिति : २०८१ आश्विन १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अरुणिमा र विमलेशको ‘घर बट इन अमेरिका’ टिजरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2024/09/10

Arunima Lamsal, Bimlesh Adhikari

 

अभिनेत्री अरुणिमा लम्सालले एक दशकपछि अभिनयमा पुनरागमन गरेको वेब सिरिज ‘घर बट इन अमेरिका’को टिजर मंगलबार सार्वजनिक गरिएको छ । दुई मिनेट लम्बाईको टिजरमा नेपालबाट छोरी भेट्न पहिलो पटक अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेसनसिपमा बस्दै आएकी छोरीको कथा समेटिएको छ । अरुणिमाको जोडी बनेर अभिनेता विमलेश अधिकारी प्रस्तुत छन् ।

सिरिजको निर्देशन तथा अवधारणा विमलेश स्वयंको हो भने पटकथा एवं संवाद लेखन विवेक चम्लागाईंको हो । यसमा अरुणिमा र विमलेशसहित राधाबाबु लम्साल (भाबु), खेम शर्मा, आशिष दाहाल, रोजिना थापा, अर्जुन क्षेत्री, स्वस्तिमा घिमिरे, समरोहा मैनाली लगायतले अभिनय गरेका छन् । अमेरिकामा सम्पूर्ण छायांकन गरिएको यो सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको हो ।

सिरिजमा पशुपति बस्यालको छायांकन तथा मित्र डि गुरुङको सम्पादन रहेको छ भने गीतहरुमा अर्जुन कटुवालको संगीत, निशान भट्टराईको गायन तथा डिपी खनालको शब्द रचना छ । यसका कार्यकारी निर्माता रोशन घिमिरे हुन् । सिरिजको पहिलो सिजनको केही भागको छायांकन पूरा भइसकेको छ । अब रिलिजका लागि स्ट्रिमिङ प्लेटफर्मको टुंगो लगाइने निर्देशक अधिकारीले बताए ।