मिति : २०८१ आश्विन १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नरसिंहा अवतार’बाट फिल्ममा डेब्यु गर्दै उषा खड्गी

फिल्मीखबर, काठमाडौं, 2024/09/11

Usha Khadgi

 

पूर्व मिस नेपाल उषा खड्गीले फिल्ममा डेब्यु गर्ने भएकी छन् । अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’बाट उनी अभिनेत्री बन्न लागेकी हुन् । फिल्मका निर्देशक तथा लेखक दीवाकर भट्टराईले महत्त्वपूर्ण भूमिकामा उनलाई अनुबन्ध गरेको जानकारी दिए । उनको जोडी कोसँग बाँधिनेछ, त्यो भने खुलाइएको छैन । उनी फिल्मलाई लिएर निकै उत्साहित देखिएकी छन् ।

मिस नेपाल बनेको २४ वर्षपछि फिल्ममा डेब्यु गर्न लागेकी उषाले केही म्यूजिक भिडियो र सर्ट फिल्ममा अभिनय गरिसकेकी छिन् । ‘कहिले तिम्रो पछ्यौरीमा अल्झे’ उनले खेलेको चर्चित म्यूजिक भिडियोमा पर्छ । २०७४ सालमा उनले ‘आउँदै जाँदै’ भन्ने शीर्षकमा फिल्मको निर्माण घोषणा समेत गरेकी थिइन् । तर, श्रीमान् जीपी तिमल्सिनासँग उनको सम्बन्ध विच्छेद भएपछि फिल्म बन्न सकेन ।

यही भदौ अन्तिमबाट छायांकनको तयारी गरिएको ‘नरसिंहा अवतार’मा हमाल र उषासँगै सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिसा भट्टराई, प्रशान्त ताम्राकार, दीपा शाही लगायतको पनि अभिनय रहनेछ । यो फिल्मको दुई चरणमा छायांकन गरिनेछ । र, हमाल पनि दुई फरक लुक्समा देखिनेछन् । एक्सन कथावस्तुमा निर्माण हुन लागेको फिल्मलाई ठूलो क्यानभासमा तयार पारिँदैछ ।