मिति : २०८१ आश्विन १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन पक्राउ परे सुलेमान शंकर ‘इकु’ ?

फिल्मीखबर, काठमाडौं, 2024/09/11

Iku Suleman

 

‘इकु’ उपनामले चर्चित कलाकार सुलेमान शंकरलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको इकाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो । विदेशका सांस्कृतिक कार्यक्रममा गैर-कलाकारलाई कलाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले शंकरलाई पक्राउ गरेको हो ।

उनले सञ्चालन गरेको कम्पनी एसएमएस फिल्मको नाममा रहेको ग्लोबल आईएमई बैंकको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ जम्मा गर्न लगाएको पाइएको सीआईबीका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । विदेश जान लागेका व्यक्तिहरूका लागि नक्कली काजगपत्र बनाउने काम गरेको सूचना पाएपछि सुलेमानलाई पक्राउ गरिएको एसपी बोगटीले बताए ।

पक्राउ परेका सुलेमानविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । गत वर्षको कात्तिकमा पनि उनी पक्राउ गरेका थिए । त्यसबेला भने जुवातास खेलेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । दुई दशकदेखि अभिनयमा सक्रिय उनको आगामी फिल्म ‘१२ गाउँ’ असोज २४ गते (दशैंको फूलपाती)बाट प्रदर्शन हुँदैछ ।