मिति : २०८१ आश्विन १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘होस्टेल ३’मा ‘वार्डेन’ बन्दै आर्यन, भित्रिइन् परीक्षा पनि

फिल्मीखबर, काठमाडौं, 2024/09/11

Aaryan and parikshya in Hostel 3

 

गत जेठमा आएको फिल्म ‘पूजार सार्की’ सफल भएपछि अभिनेता आर्यन सिग्देलको करिअरले फेरि गति समात्न थालेको छ । उनी एकपछि अर्को फिल्ममा आबद्ध भइरहेका छन् । केही दिनअघि मात्र फिल्म ‘के घर के डेरा २’को छायांकन सकाएका उनी बुधबार नयाँ फिल्म ‘होस्टेल ३’मा अनुबन्धित भएका छन् । आर्यन होस्टेलको ‘वार्डेन’को भूमिकामा देखिने निर्देशक सशान कँडेलले बताए ।

निर्देशक कँडेलले भने, ‘व्यस्तताका बावजूद पनि उहाँ (आर्यन) ‘होस्टेल ३’मा काम गर्न तयार हुनुभएकोमा हामी खुसी छौं । उहाँले निभाउने ‘वार्डेन’को भूमिका फिल्मको मेरुदण्ड हो । यसअघि पनि ‘होस्टेल’ शृङ्खलामा वार्डेनको भूमिका रुचाइएको थियो । यस पटकको भूमिका अझै बलियो छ ।’ ‘होस्टेल’को अघिल्ला दुई श्रृंखलामा निर्माता सुनिल रावलले ‘वार्डेन’को भूमिका निभाएका थिए ।

फिल्ममा आर्यनका साथै अभिनेत्री परीक्षा लिम्बू पनि भित्रिएकी छन् । यसअघि आर्यन र परीक्षाको ‘पूजार सार्की’मा सहकार्य भएको थियो । भदौ अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्ममा पारस बम ठकुरी, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली लगायतको पनि अभिनय रहनेछ । आगामी फागुन १६ गते फिल्म प्रदर्शन हुनेछ ।

फिल्ममा माधव शर्माको पटकथा तथा संवाद लेखन रहेको छ भने कथा निर्देशक कँडेलको हो । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण हुन लागेको ‘होस्टेल ३’को कार्यकारी निर्मातामा शङ्कर कोइराला छन् भने निर्मातामा कर्ण कार्की र गोविन्द अधिकारी छन् । सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सहनिर्माता तथा भेषराज गौतम लाइन प्रोड्युसरमा छन् ।