मिति : २०८१ आश्विन १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डेनी डेन्जरस’ निर्देशन गर्दै निश्चल

फिल्मीखबर, काठमाडौं, 2024/09/11

Nischal Basnet

 

गत वर्षको सुपरहिट फिल्म ‘दिमाग खराब’बाट ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चल बस्नेतले अब फिल्म ‘डेनी डेन्जरस’ बनाउने भएका छन् । बुधबार एक थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको घोषणा गरेका हुन् । पोस्टर हेर्दा फिल्म ग्याङ्स्टर कथामा बन्न लागेको प्रष्ट हुन्छ । रगतले रङ्गिएको पोस्टरमा बन्दुकदेखि चक्कुसम्म देखिन्छ । यो निश्चलको पाँचौं निर्देशकीय फिल्म हुनेछ ।

निश्चलकै कम्पनी ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख छ । फिल्ममा अभिनय गर्ने कलाकारको बारेमा भने जानकारी गराइएको छैन । यद्यपि, निश्चलले मुख्य भूमिकामा केही कलाकारलाई निश्चित गरिसकेको स्रोत बताउँछ । चाँडै नाम सार्वजनिक गर्ने उनको तयारी छ । यो फिल्मको छायांकन तिहारपछि सुरु गरिँदैछ ।

‘डेनी डेन्जरस’ रिलिजपछि निश्चलले ‘दिमाग खराब’को सिक्वेल बनाउनेछन् । जसलाई २०८३ सालमा प्रदर्शन गर्ने उनको तयारी छ । उनले श्रीमती तथा अभिनेत्री स्वस्तिमा खड्कासँग मिलेर निर्माण गरेको फिल्म ‘बेहुली फ्रेम मेघौली’ भने दशैंको छेको पारेर आगामी असोज १७ गते (घटस्थापना)बाट प्रदर्शन हुँदैछ । अहिले उनी यसैको प्रचारमा व्यस्त छन् । यसमा उनी स्वयंको मुख्य भूमिका छ ।