मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘रंगी’बाट पूर्वमिस नेपाल नम्रताको फिल्ममा डेब्यु निश्चित

फिल्मीखबर, काठमाडौं, 2024/09/13

namrata shrestha

 

‘मिस नेपाल वर्ल्ड’ प्रतियोगितालाई नेपाली फिल्मका लागि हिरोइन उत्पादन गर्ने कारखाना भन्ने गरिएको छ । र, देखिन्छ पनि त्यस्तै । पहिलो मिस नेपाल रुबी राणादेखि श्रृंखलाबद्ध रुपमा मिस नेपाल विजेताहरुको फिल्ममा आगमन भइरहेको छ । अब सन् २०२० मा ‘मिस नेपाल’ बनेकी नम्रता श्रेष्ठले पनि फिल्मी करिअर सुरु गर्ने भएकी छन् । फिल्म ‘रंगी’बाट उनी अभिनेत्री बन्न लागेकी हुन् ।

बिहीबार फिल्मका निर्माता सलोन बस्नेतसँग कागजी सम्झौता गरेपछि नम्रताले आफ्नो चरित्र मन परेकाले काम गर्न सहमत भएको बताइन् । ‘मैले ‘रंगी’को स्क्रिप्ट पढ्दा स्कुल पढाउँदाको दिन सम्झिएँ । यसमा म युवावस्थाको भूमिकामा छु, तर मेरो नेचर बच्चाको जस्तो छ । उसले बच्चाको लागि एउटा आमा जस्तो भूमिका निभाउनुपर्ने भएकाले पनि मलाई काम गर्न मन लाग्यो,’ उनले भनिन् ।

फिल्मलाई सुरेश न्यौपाने निर्देशन गर्नेछन् । निर्देशनको हिसाबले ‘रंगी’ पहिलो फिल्म भए पनि उनीसँग ‘छक्का पन्जा’, ‘कृ’, ‘ए मेरो हजुर २’ लगायतका फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेको अनुभव छ । फिल्मले बाबु-छोरीको भावनात्मक सम्बन्धको कथा भन्नेछ । सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको स्क्रिप्ट लेखन छ । यसमा सौरभ लामाको छायांकन रहनेछ ।