मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमा बन्दै अभिनेत्री नन्दिता केसी

फिल्मीखबर, काठमाडौं, 2024/09/14

Nandita KC

 

अभिनेत्री नन्दिता केसी आमा बन्ने भएकी छन् । उनले शनिबार फेसबुकमा श्रीमान् र आमा-बुबासँगको दुई तस्वीर सेअर गर्दै आफू आमा बन्न लागेको जानकारी गराएकी हुन् । उनले लगाएको टिसर्टमा ‘सून टू वी ममी’ लेखिएको छ । र, उनलाई श्रीमान् (अरविन्द्र कटवाल)ले निधारमा चुम्बन गरेका छन् । प्रफुलित देखिएकी नन्दिताले प्रश्नवाचक चिह्न लेखिएको एउटा पेपर हातमा लिएकी छन् ।

उनले आमालाई सृष्टिकर्ता भन्दै फेसबुकमा लेखेकी छन्, ‘नारीले पाएको मातृत्वको वरदान र पुरुषले पाएको जगत पिताको वरदान । सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई एकदमै भाग्यमानी महसुस गरिरहेकी छु । भगवानको आशीर्वाद र माता-पिताहरूको साथमा आफन्तजन र शुभचिन्तकको आशीर्वादको पूजा गर्दछौं ।’ उनलाई शुभचिन्तकदेखि सेलिब्रेटीहरूले बधाई दिइरहेका छन् ।

नन्दिताले गत वर्षको फागुन १९ गते अरविन्द्रसँग लगनगाँठो कसेकी हुन् । उनीहरू लामो समयदेखि अमेरिका बस्दै आएका छन् । अमेरिका गएपछि अभिनयलाई निरन्तरता दिन नसकेकी नन्दिताले आफ्नो सक्रिय करिअरमा ‘इन्द्रेणी’, ‘हामी तीन भाई’, ‘भगवान् सबैको’, ‘सपना’, ‘माया नगर’ लगायत झन्डै तीस बढी फिल्ममा काम गरेकी छन् । कुनै बेला नन्दिताको फिल्ममा राम्रो माग थियो ।