मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

युट्युबदेखि टिकटकसम्म चम्कियो ‘खुस्मा’को ‘रुकुम मैकोट’ गीत

फिल्मीखबर, काठमाडौं, 2024/09/15

गत बैशाखमा आएको फिल्म ‘बोक्सीको घर’को ‘बुझिनँ मैले, बुझाईदेउ कसैले’ गीत सर्वाधिक चर्चित बन्यो । यही गीतले फिल्मलाई समेत ठूलो व्यावसायिक सफलता दिलाएको थियो । युट्युबमा यो गीतलाई ५ महिनामा साढे ३ करोडभन्दा बढीले हेरिसकेका छन् । यसपछि पनि बग्रेल्ती फिल्मका गीत आए । केहीले दुई/चार दिन राम्रै चर्चा र युट्युबमा भ्यूज पाए पनि त्यसपछि एकाएक हराए ।

 

खुस्मा'को 'रुकुम मैकोट'लाई अर्गानिक गीत भन्दै प्रशंसा


यतिबेला फिल्म ‘खुस्मा’को ‘रुकुम मैकोट’ गीतले भने नसोचेको चर्चा पाइरहेको छ । ‘बुझिनँ मैले’पछि सर्वाधिक रुचाइएको गीत नै यही बनेको छ । युट्युब रिलिजको २ हप्तामा गीतलाई ७७ लाखभन्दा बढी भ्यूज मिलिरहेको छ भने सयौंको संख्यामा टिकटक र रिल्स बनेका छन् । हरेक दिन ५ लाख हाराहारी भ्यूज गीतले युट्युबमा पाइरहेको छ । दिनप्रतिदिन गीतको चर्चा चुलिँदो देखिन्छ ।

युट्युब रिलिजको एक सातासम्म ‘रुकुम मैकोट’ गीत दर्शकको नजरमा पर्न सकिरहेको थिएन । भ्यूज ४ लाख पनि नाघेको थिएन । ‘छक्का पञ्जा ५’को ‘बिहे भाको छैन’ र ‘बेहुली फ्रम मेघौली’को ‘छड्के सलाम’ गीतका कारण छायाँमा परेको थियो । तर, यतिबेला ‘रुकुम मैकोट’को चर्चाले अरु गीत छायाँमा परेका छन् । यो गीतले यसपालिको दशैं-तिहारमा नाच्ने माहोल बनाउन सक्ने देखिन्छ ।

गीत चर्चित भइदिँदा त्यसको फाइदा फिल्मको व्यापारमा पनि पर्ने गरेको छ । ‘बोक्सीको घर’ यसको ज्वलन्त उदाहरण हो । यसैले ‘रुकुम मैकोट’ गीतको बढ्दो लोकप्रियताको फाइदा ‘खुस्मा’को व्यापारमा देखिन सक्ने प्रक्षेपण गरिएको छ । र, यो गीतका कारण निर्माण टिमलाई प्रचारमा ठूलो सघाउ पुगेको छ । यतिबेला फिल्मका कलाकारहरुले यही गीतमा नाच्दै दर्शक फकाइरहेका छन् ।

फिल्मको ‘रुकुम मैकोट’ गीतले केही दिनदेखि युट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेर बसेको छ भने ट्रेलर पनि मुभिज् सेक्सन अन्तर्गत ट्रेन्डिङको पहिलो नम्बरमा छ । यसले फिल्मप्रति दर्शकको चासो दर्शाउँछ । आगामी असोज ३ गते (संविधान दिवस)बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहेको छ ।