मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्ण बहादुरको सारङ्गी’को ‘काँधेकुरी’ गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/09/15

BIJAY BARAL And PRAKASH SAPUT

 

आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शन हुन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत सार्वजनिक गरिएको छ । छायांकनभन्दा अगाडि मोशन पोस्टर र दुई हप्ताअघि टिजरमा समावेश ‘काँधेकुरी’ गीतको भिडियोसहित पूरा अंश सार्वजनिक गरिएको हो । गीतका शब्दहरु मर्मस्पर्शी छन् । एक बाबुले छोराको प्रगतिका लागि गरेको दुःख, मिहिनेत र सपना गीतले बोल्छ ।

सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द रचना, संगीत तथा पार्श्व गायन रहेको छ । छोरा (प्रकाश सपूत) पढ्नका लागि शहर जाँदै गरेको बसलाई डाँडाबाट हेर्दै भावविह्वल भएका बाबु (विजय बराल)लाई चित्रित गर्दै गीत सुरु हुन्छ । त्यसपछि विजय पैसाका लागि सारङ्गी बजाउँदै गाउँगाउँ पुग्छन् । उता प्रकाश शहर पुगेर कलेजमा ध्यानपूर्वक पढ्दै गरेको दृश्य पनि गीतमा समावेश छ । 

सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, अञ्जना बराइली, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह, जानवी पौडेल लगायतको अभिनय छ । विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।