मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कल्ली’मा भित्रिए सौगात

फिल्मीखबर, काठमाडौं, 2024/09/16

Saugat Malla 1

 

लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा अनुबन्ध भएका छन् । यसै हप्ता उनीसँग निर्माता किरण नेपालीले कागजी सम्झौता गरेका हुन् । सौगातले यसअघि किरणका तीनवटा फिल्म ‘पोइ पर्‍यो काले’, ‘दुई नम्बरी’ र ‘हात्तीछाप’मा काम गरिसकेका छन् । ‘कल्ली’मा सौगात कस्तो भूमिकामा रहनेछन्, त्यसबारे जानकारी गराइएको छैन ।

गत साउनमा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाललाई चित्रित गर्दै फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको थियो । फिल्ममा सौगातको आगमन भएपछि धेरैले पल बाहिरिएको हुनसक्ने आँकलन गरिरहेका छन् । तर, निर्माता नेपालीले यसमा कुनै सत्यता नभएको दाबी गरे । फिल्ममा चारजना अभिनेता रहने र त्यसमध्ये एउटामा सौगातलाई निश्चित गरेको उनले बताएका छन् ।

रेड वर्ड प्रोडक्शन तथा कस्तुरी प्रोडक्शनको संयुक्त ब्यानरमा बन्न लागेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद लेखन छ । यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत्र २९ गतेबाट रिलिज हुँदैछ । फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले बताए । तिहार लगत्तै छायांकन सुरु हुन लागेको फिल्म पौराणिक कथामा आधारित हुनेछ ।