मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात र अनुपसँग ‘अज्ञात’ गर्दै नीति !

फिल्मीखबर, काठमाडौं, 2024/09/17

niti shah

 

अभिनेत्री नीति शाहको पहिलो फिल्म ‘खजुरे ब्रो’ नराम्ररी पिटियो । न त उनको अभिनय रुचाइयो । तर पनि फिल्ममा उनको माग राम्रो देखिन्छ । यतिबेला उनको हातभरि फिल्म छन् । ‘रुखान’, ‘नरसिंहा अवतार’ र ‘मोहर’ गरी तीन फिल्म सम्झौता गरेर बसेकी उनको दोस्रो फिल्म ‘ज्वाइँ साब’ दशैंमा रिलिज हुँदैछ । यसरी हेर्दा पहिलो फिल्मको असफलताले उनलाई असर गरेको देखिँदैन ।

अब नीति अर्को एउटा फिल्म पनि जोडिने तयारीमा छिन् । केही दिनअघि मात्र चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिइएको फिल्म ‘अज्ञात’का लागि उनीसँग मौखिक सहमति भैसकेको जनाइएको छ । दुई/चार दिनभित्रमा उनीसँग कागजी सम्झौता गरिँदैछ । सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेता द्वय सौगात मल्ल र अनुप विक्रम शाही अनुबन्धित भैसकेका छन् ।

कर्म पिङ्की भुटियाको निर्माण रहने फिल्ममा प्रदीप भारद्वाजको स्क्रिप्ट लेखन छ । यो फिल्मलाई हरि हुमागाइँले छायांकन गर्नेछन् । आगामी माघपछि छायांकन सुरु गर्न लागिएको फिल्मलाई २०८२ सालको फूलपातीमा प्रदर्शन गर्ने तयारीमा गरिएको छ । नेपाल र सिक्किममा छायांकन गरिने फिल्म एक्सन प्रधान हुनेछ । ‘अज्ञात’भन्दा अघि सिमोसले सौगातलाई लिएर ‘जन्ते बाख्रो’ बनाउँदैछन् ।