मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनको ‘स्टारडम’मा देखिँदै सलमान र शाहरुख

एजेन्सी, काठमाडौं, 2024/09/17

aryan khan ‘stardom’ salman khan and shahrukh khan

 

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यनले वेब सिरिज ‘स्टारडम’बाट निर्देशनमा डेब्यु गर्दैछन् । भारतीय फिल्म उद्योगको ‘चकाचौंध’ दुनियाँको कथामा आधारित रहेको सिरिजलाई लिएर महत्त्वपूर्ण जानकारी बाहिरिएको छ । यसमा बलिउडका दुई ठूला सुपरस्टार सलमान खान र शाहरुख खान देखिने भएका छन् । सिरिजमा उनीहरुको केमियो रहने बलिउड हंगामाले जनाएको छ ।

सलमानले आफ्नो भागको छायांकन सकाइसकेका छन् । तर, यो सिरिजमा सलमान र शाहरुख एकसाथ भने देखिने छैनन्, जसरी ‘टाइगर ३’ र ‘पठान’मा देखिएका थिए । यद्यपि, यी दुई ‘स्टार’को सहकार्यले उनीहरुका प्रशंसक ‘स्टारडम’लाई लिएर अधैर्य बनेका छन् । शाहरुखसँगको मित्रता र आर्यनको निर्देशकीय यात्रामा सहयोग गर्न सलमान वेब सिरिजका लागि सहजै तयार भएका थिए ।

आर्यनले यसअघि एउटा ब्रान्डको विज्ञापन बनाइसकेका छन्, जसमा उनले पिता शाहरुख खानलाई निर्देशन गरेका थिए । भारतीय मिडियाका अनुसार, उनलाई अभिनयप्रति भने रुचि छैन । उनले निर्देशन र लेखनमा आफूलाई अगाडि बढाउन चाहेका छन् । सन् २०२० मा सदर्न क्यालिफोर्निया यूनिभर्सिटीबाट ग्राजुएशन पूरा गरेका आर्यनले अमेरिकामा फिल्म निर्माणको अध्ययन गरेका छन् ।