मिति : २०८१ आश्विन ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ५’को ‘ब्रेकअप’ गीतमा पूर्व प्रेमिकाप्रति आक्रोश

फिल्मीखबर, काठमाडौं, 2024/09/18

Deepak Raj Giree, Deepa Shree Niroula, Kedar Prasad Ghimire, Barsha Siwakoti

 

दशैंको अवसर पारेर आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को पहिलो गीत ‘बिहे भाको छैन म’ खासै चल्न सकेन । डेढ महिनामा गीतलाई युट्युबमा ४५ लाख भ्यूज छ । बरु यो गीतभन्दा एक हप्ता पछि आएको फिल्म ‘खुस्मा’को ‘रुकुम मैकोट’ गीतले एक करोड भ्यूज नघाएको छ । यसबाट पनि ‘बिहे भाको छैन म’ गीत नचलेको प्रष्ट हुन्छ ।

यसैबीच, ‘छक्का पञ्जा ५’को ‘ब्रेकअप’ बोलको दोस्रो गीत बुधबार सार्वजनिक गरिएको छ । गीतमा बाबुल गिरीको गायन, संगीत र शब्द रचना छ । फिल्मका कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डित लगायतलाई प्रस्तुत गरिएको गीतमा ब्रेकअपपछि प्रेमीले प्रेमिकाप्रति पोखेको आक्रोशलाई कमेडी शैलीमा देखाइएको छ ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरी आदिको पनि अभिनय रहेको छ । हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।

‘छक्का पञ्जा’को अघिल्ला चार सिरिज ब्लकबस्टर भएका थिए । पाँचौं सिरिज पनि सफल हुनेमा शंका छैन । तर, यसपटक चुनौती ठूलो छ । दुई नेपाली फिल्म ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ पनि फूलपातीमै आउन लागेकाले ‘छक्का पञ्जा ५’लाई असर गर्न सक्ने धेरैको आँकलन छ । त्यसमाथि असोज १८ गतेदेखि प्रदर्शन हुन लागेको हलिउड फिल्म ‘जोकर २’ले पनि ठूलो असर गर्न सक्ने देखिन्छ ।