मिति : २०८१ आश्विन ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘खुस्मा’ हलमा, गीत चलेको फाइदा उठाउला ?

फिल्मीखबर, काठमाडौं, 2024/09/19

Khusma Nepali Film

 

गत बैशाखमा प्रदर्शन भएको फिल्म ‘बोक्सीको घर’को ‘बुझिनँ मैले’पछि सबैभन्दा बढी रुचाइएको गीत हो, ‘रुकुम मैकोट’ । फिल्म ‘खुस्मा’मा समावेश यो गीतले रिलिजको तीन हप्तामै युट्युबमा एक करोड भ्यूज नघाएको छ । गीत लोकप्रिय हुँदा त्यसले फिल्मको व्यापारमा पनि केही हदसम्म फाइदा पुग्ने गरेको छ । ‘खुस्मा’को व्यापारमा पनि गीतको प्रभाव देखिन सक्ने आँकलन गरिएको छ ।

संविधान दिवसको विदा पारेर बिहीबारबाट सार्वजनिक प्रदर्शनमा आएको यो फिल्मले देशभर गरी करिब एक सय शोज पाएको छ । यो शोज संख्या सुखद् हो । अब पाएको शोजलाई अकुपेन्सीमा बदल्नुपर्ने ठूलो चुनौती फिल्मलाई छ । त्यसका लागि बलियो ‘वर्ड अफ माउथ’को साथ आवश्यक पर्नेछ । त्यो हुँदा फिल्मले पहिलो हप्तामा शनिबारसहित तीनवटा विदाको फाइदा उठाउन सक्छ ।

माओवादी-सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा प्रेमकथा बुनिएको ‘खुस्मा’ले मंगलबार प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । विशेषगरी अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको निकै प्रशंसा भयो । मगर युवतीको चरित्रमा उनको अभिनय प्रशंसनीय छ । त्यसो त फिल्म उनीमै केन्द्रित छ । यसमा उपासनाको जोडी अभिनेता धीरज मगरसँग बाँधिएको छ । यो उनीहरूको पहिलो सहकार्य हो ।

अशोक थापा मगरको लेखन एवं निर्देशन रहेको फिल्ममा धीरज र उपासनासहित माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), राज थापा काउचा, सुजता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, संगीता थापामगर, सारा राई, विवेश मगर, श्वेता मिश्र, दुईसाङ थिङ, अरुण पुन मगरलगायतको पनि अभिनय देख्न सकिन्छ । निर्देशक मगरको यो पहिलो निर्देशकीय फिल्म हो ।