मिति : २०८१ आश्विन ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगातसँग फिल्मै फिल्म

फिल्मीखबर, काठमाडौं, 2024/09/19

saugat malla

 

आर्ट हाउस र कमर्शियल दुवै धारका फिल्ममा आफ्नो उपस्थिति जनाइरहेका भर्सटायल अभिनेता सौगात मल्लको यतिबेला माग र व्यस्तता चर्को देखिन्छ । छायांकनको सेड्युल मिलाउनै उनलाई सकस परिरहेको छ । एउटै समयमा उनका २/३ वटासम्म फिल्म छायांकनमा निस्किरहेका छन् । उनलाई फिल्मबाट अफरको पनि कुनै कमी छैन । अहिले उनीसँग आधा दर्जन बढी फिल्म छन् ।

यतिबेला नवलपरासीमा फिल्म ‘पिताम्बर’को छायांकन गरिरहेका सौगात यसपछि निर्देशक सन्तोष सेनको नयाँ फिल्म ‘बलिदान’को छायांकनमा जोडिँदैछन् । त्यसपछि उनले निर्देशक सिमोस सुनुवारको फिल्म ‘जन्ते बाख्रो’लाई समय दिने जनाइएको छ । योभन्दा अगाडि उनले लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘कल्ली’को छायांकन गर्न सक्ने सम्भावना पनि प्रवल छ ।

उनी यही वर्ष निर्देशक सुनुवारको अर्को फिल्म ‘अज्ञात’मा पनि काम गर्ने तयारीमा छन् । उनले निर्देशक मुस्कान ढकालको फिल्म ‘पञ्चामृत’ र निर्माता सञ्जय न्यौपानेको फिल्म ‘रक्तबीज’ सम्झौता गरेर बसेको पनि लामो समय भइसकेको छ । उनले काम गर्नुपर्ने फिल्मको संख्या मात्र धेरै छैन, छायांकन सकिएर प्रदर्शनको पखाईमा रहेका फिल्म समेत लगभग आधा दर्जन पुगिसकेका छन् ।

यसैबीच, सौगातले आफ्नो पाइपलाइनमा अर्को फिल्म पनि थपेका छन् । बिहीबार उनले फेसबुकमार्फत् फिल्म ‘विनोद’मा आफूले काम गर्न लागेको जानकारी गराएका छन् । बलिराम चौहानको निर्देशन रहने फिल्म पौराणिक कथामा निर्माण हुनेछ । सन् २०२५ मा प्रदर्शन गरिने यो फिल्म पनि सौगातले यही वर्ष गर्नुपर्नेछ । यसरी हेर्दा उनलाई यस वर्ष छायांकनको ठूलै चटारो पर्ने देखिन्छ । 

 

May be a graphic of text