मिति : २०८१ आश्विन ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बेहुली फ्रम मेघौली’को ट्रेलर रिलिज, स्वस्तिमालाई बिहेको दबाब

फिल्मीखबर, काठमाडौं, 2024/09/19

Swastima Khadka, Nischal Basnet

 

दशैंको अवसर पारेर असोज १७ गते (घटस्थापना)देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । ३० वर्ष नकट्दै छोरीको विवाह गराउनुपर्ने दबाबमा रहेको एक परिवारको कथालाई फिल्मले पेश गरेको ट्रेलरले जनाउँछ ।

भ्रामरी दशाकालले समात्ने भएकाले ३० वर्ष नकट्दै बिहे गर्नुपर्ने ज्योतिषको सुझावपछि अभिनेत्री स्वस्तिमा खड्कालाई परिवारबाट विवाहको दबाब बढ्छ । तर, उनलाई परिवारले देखाएका कुनै केटा मन पर्दैन । उनले निश्चल बस्नेतलाई मन पराएकी हुन्छिन्, तर निश्चलले अरू नै युवतीलाई मन पराउँछन् । यो अवस्थामा स्वस्तिमाको पात्रले गर्ने संघर्षलाई ट्रेलरमा हास्य शैलीमा देखाइएको छ ।

साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा निश्चल र स्वस्तिमासहित विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, लोकेन्द्र लेखक, रक्षा थापा, शिशिर सिवाकोटी, टीका पहारी, लुनिभा तुलाधर लगायतको अभिनय छ । स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा बनेको फिल्मको कार्यकारी निर्माता भने फिरोज खड्का र शंकर पाण्डे हुन् ।

विजय बराल कास्टिङ डिरेक्टर रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन छ । फिल्मको यसअघि तीनवटा गीत सार्वजनिक भइसकेका छन् । जसमध्ये ‘छड्के सलाम’ गीत यतिबेला चर्चामा छ । युट्युबमा लगभग ५० लाख भ्यूज पाइसकेको यो गीत टिकटक पनि चर्चित छ ।