मिति : २०८१ आश्विन ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कल्ली’मा थपिए अर्पणदेखि बुद्धिसम्म

फिल्मीखबर, काठमाडौं, 2024/09/20

kalli movie

 

लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको फिल्म ‘कल्ली’मा यतिबेला कलाकार भित्रिने श्रृंखला चलिरहेको छ । केही दिनअघि अभिनेता पल शाहलाई हटाएर उनको ठाउँमा सौगात मल्ललाई लिएको निर्माण टिमले फिल्ममा थप तीनजना कलाकार थपेको छ । अभिनेताहरु अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाललाई फिल्ममा अनुबन्धित गरिएको निर्देशक सुनारले जानकारी दिए ।

रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको तिहारपछि छायांकन सुरु हुनेछ । पौराणिक कथामा बन्न लागेको फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् । उनले यसअघि ‘पोइ पर्‍यो काले’, ‘दुई नम्बरी’, ‘हात्तीछाप’ जस्ता फिल्म निर्माण गरिसकेका छन् । र, उनका हरेक फिल्ममा सौगात दोहोरिँदै आइरहेका छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।

फिल्मको छायांकन सुरु नहुँदै आगामी चैत्र २९ गतेलाई प्रदर्शन मिति घोषणा भइसकेको छ । फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । उनको पहिलो निर्देशकीय फिल्म ‘बुलाकी’ थियो । यसबाट निर्देशनमा राम्रो सम्भावना देखाएका लक्ष्मणले ‘कल्ली’पछि निर्माता सुशील पोखरेलको फिल्म ‘बन्दी’को निर्देशन गर्नेछन् ।