मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपको कुदाकुद

फिल्मीखबर, काठमाडौं, 2024/09/21

प्रदीपको जीवनमा आउने को होला ?

 

नयाँ पुस्ताका ‘स्टार’ अभिनेता प्रदीप खड्काले कोभिडभन्दा अघि वर्षमा मुश्किलले एउटा फिल्म गर्थे । प्रस्तावको ओइरो हुँदा पनि संख्यात्मक वृद्धिमा जोड दिएनन् । तर, अहिले उनले काम गर्ने शैली पूरै बदलेका छन् । कुनै बेला एउटा फिल्म प्रदर्शन नहुँदासम्म अर्कोमा हत्तपत्त नजोडिने उनीसँग अहिले हातभरि फिल्म छन् । र, एकसाथ दुईवटा फिल्मको छायांकनमा समय दिइरहेका छन् ।

यतिबेला प्रदीपका दुई फिल्म ‘पिताम्बर’को नवलपरासीमा र ‘एक्लो’को उपर मुस्ताङमा छायांकन चलिरहेको छ । यी दुई फिल्मको छायांकनमा उनको कुदाकुद छ । फिल्म ‘एक्टर’को एक रोमान्टिक गीतको केही अंश पोखरामा गरेर उनी ‘पिताम्बर’को काठमाडौं छायांकनमा जोडिएका थिए । यसपछि मुस्ताङमा ‘एक्टर’को गीत सकाएर उनी ‘पिताम्बर’को छायांकनका लागि नवलपरासी पुगे ।

नवलपरासीमा अभिनेता सौगात मल्लसँगको केही एक्सन दृश्य सकाएपछि प्रदीप फेरि मुस्ताङ पुगेर ‘एक्लो’को छायांकनमा जोडिए । त्यहाँ तीन दिन छायांकन गरेर उनी फेरि ‘पिताम्बर’का लागि नवलपरासी पुगिसकेका छन् । अहिले उनको एक्सन खिन खिचिँदैछ । अब दशैंअघि काठमाडौंमा ‘एक्लो’को छायांकन गर्न लागेका उनले त्यसपछि फेरि परासी गएर ‘पिताम्बर’को एक गीत सक्नेछन् ।

दशैंपछिबाट भने प्रदीपले तिहारको लक्ष्मीपूजा अर्थात् कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको ‘एक्टर’को प्रचारमा समय दिने जनाइएको छ । यसपछि उनले काम गर्नुपर्ने फिल्म अझै २/३ वटा छ । यसरी हेर्दा उनलाई यस वर्ष छायांकन र प्रचारमा कुदाकुद हुने देखिन्छ । अब यो व्यस्तता उनको करिअरका लागि फाइदाजनक हुन्छ या घातक सावित, त्यो ढिलोचाँडो समयले देखाउनेछ ।